धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्बाचित भएका छन् । हिजो भएको निर्बाचनमा कमल पनेरु निर्बाचित भएका हुन् ।कार्यकारी उपाध्यक्षमा मोहन राज ओझा र लोकराज भट्ट निर्बाचित भएका छन् । उपाध्यक्षमा पदम सिंह बलायर, दीपक बम योगेन्द्र,गणेश शाही, भरत जोशी निर्बाचित भए ।
महासचिवमा अरुण सिंह, कोषाध्यक्षमा तर्कराज भट्ट र कानुन सल्लाहकारमा मुकुन्द सिंह निर्बाचत भएका छन् । धनगढी जेसिजको वर्ष २०२१ को नेतृत्वका लागि कमल पनेरु र सुरज गिरीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्बाचनमा कमल पनेरुको प्यानलका अधिकांश पदाधिकारी निर्बाचित भएका छन् ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34