वन तथा वातावरण मन्त्रालयले भन्यो- रुख कटान, ढुवानी र ओसारपसार रोक
2020/05/29, 9:03
 
ban

वन तथा वातावरण मन्त्रालयले रुख कटान, ढुवानी र ओसारपसार रोक्न निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेशलाई पनि यस्तो निर्देशन दिईएको छ । सात वटै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई वन तथा वातावरण मन्त्रालयले  निर्देशन दिएको हो ।

नेपाल सरकार मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको भन्दै कार्यान्वयनका लागि परिपत्र गरिएको हो । मन्त्रालयका सह–सचिव तथा प्रवक्ता सिन्धुप्रशासद ढुङगानाले रुख कटानी र ढुवानीको नाममा वन क्षेत्रको दुरुपयोग भईरहेको भन्दै तत्कालका लागि कटानी, ढुवानी र ओसारपसार रोक्न निर्देशन दिईएको बताए ।

रुख, काठ र गोलिया जहाँ जुन अवस्थामा छन् त्यस्लाई सोही अवस्थामा सुरक्षित राख्न समेत भनिएको छ । यो निर्देशनसंगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समेत रोकिने भएको छ ।

ban