भारतबाट आउनेको संख्या वृद्धि सँगै सुदुरपश्चिममा कोरोना संक्रतिमको संख्या ह्वात्तै वढ्यो, एक हप्तामा १६ जनामा कोरोना देखियो
2020/05/29, 9:30
 
korona

भारतबाट आउनेको संख्या वृद्धि सँगै सुदुरपश्चिममा कोरोना संक्रतिमको संख्या ह्वात्तै वढ्न थालेको छ । ५ जना संक्रमित भएर ४० जनासम्म शान्त रहेको सुदुरपश्चिम पछिल्ला दिनमा सन्त्रास वढेको हो । हालसम्म सुदुरपश्चिममा झण्डै दुई लाख नेपाली भित्रिएका छन् । उनीहरुमध्ये ९० प्रीतशतको कोरोना परिक्षण हुन सकेको छैन । भारतबाट आएकामध्ये गरिएको परिक्षणमा भने अधिकांशमा कोरोना पुष्टि भएको छ । सुदुरपश्चिममा हालसम्म २१ ज्ना संक्रमित देखिएकोमा त्यसमा भारतबाट आएका मात्रै १५ जना रहेका छन् । यो कुल संक्रमितको प्रतिशत हो । संक्रमित मध्ये एक जना विदेशबाट आएका छन भने एक जनामा विदेशबाट आएकोबाट सरेको छ । चार जनाको भने आन्तरिक यात्रा रहेको छ ।  

भारतबाट आउनेहरुको संख्या वृद्धि भएसगै सुदुरपश्चिममा संक्रमितहरुको संख्या पनि वढेको तथ्यांकले देखाएको छ । पछिल्लो एक सातामा मात्रै १६ जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये अधिकांश भारतबाटै आएका हुन् । केहीको भने आन्तरिक ट्राभल हिस्ट्री रहेको छ । त्यस्तै कारोना पुष्टि भएका केही जना पनि यसभन्दा अघि भारतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार पछिल्लो एक साताको अवधिमा प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको हो । १६ जनामा १२ जना संक्रमित भने जेठ महिनामै भारतबाट फर्किएका छन । सुदूरपश्चिममा बैशाख १ गतेपछि ४० दिनसम्म नयाँ संक्रमित फेला नपरेकोमा जेठ ९ गते एकै दिन ५ जना कोरोना संक्रमित थपिए ।

कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट जेठ महिनामै लुकिछीपी आएका थिए ।  बैतडीका संक्रमित पनि भारतबाटै आएका थिए । तर उनी जेठमा नभई संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडी भारतबाट फर्किएका थिए । अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । १३ गते सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी दुई जनामा कोरोना पुष्टि भएको थियो । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन् । उनका बुवामा पनि ११ गते कोरोना संक्रमण पुष्टि भईसकेको थियो। कैलालीका संक्रमित पनि जेठमै भारतबाट आएका थिए ।

बिहिवार मात्रै सुदूरपश्चिमका चार जनामा कोरोना पुष्टि भएकोमा चारै जना भारतबाट फर्किएका हुन । दार्चुलाका २१ बर्षीय संक्रमित धारचुला–दार्चुला नाकाबाट ८ गते भित्रिएका थिए भने कैलालीका ३५ र ३० बर्षीय संक्रमित जेठ ३ गते त्रिनगर र खक्रौला नाकाबाट आएका थिए । बझाङका संक्रमित पनि रुपैडिहा नाकाबाट ८ गते फर्किएका थिए । 

यसअघि सुदूरपश्चिम प्रदेशमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ बषीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषमा चैत २२ गते र लम्कीकी ६१ बर्षीय महिलामा बैशाख १ गते कोरोना पुष्टि भएको थियो । उनीहरु पाँचै जना कोरोनालाई जिते घर फर्किसकेका छन । 

अहिले प्रदेशमा १५ र एक जना कोरोना संक्रमितको कर्णाली प्रदेशमा उपचार भईरहेको छ ।  ६÷६ जनाको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुर, दार्चुला, बैतडी र सुर्खेतको अस्पतालमा उपचार भईरहेको छ ।