
धनगढीमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा घाइते भएकी युवतीको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित धनगढी रिङरोडमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा घाइते भएकी १७ वर्षीया युवती मनिषा श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् । श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र सोही ठाउँ बस्ने ३० वर्षीय चालक सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 9:15
2021/07/18, 8:44
2022/04/04, 10:39
2023/05/01, 5:35