
प्रसूति सेवा प्रदान गर्दै आएको धनगढीको नवजीवन अस्पताल प्रालिले नवजात शिशुहरुका लागि सघन हेरचाह यूनिट (एनआईसीयू) सेवा समेत सञ्चालनमा ल्याएको छ । अस्पतालले १० शैयाको एनआईसीयू सेवा सञ्चालनमा ल्याएकोे निर्देशक डाक्टर विदुरमणि ढकालले बताए ।

‘अहिले २ वटा भेन्टिलेटरसहित १० वेडको एनआईसीयू सञ्चालनमा ल्याएको छौं । समय अनुसार विस्तारसंगै गर्दै जाने छौ, उनले भने ।
अस्पतालको तथ्याँक अनुसार दैनिक १० देखि १५ जनाले प्रसूति सेवा लिदै आएका छन । २/३ जनालाइ दैनिक एनआईसीयू सेवा आवस्यक पर्ने ढकलले बताए ।
निर्देशक डाक्टर ढकालले रिबन काटेर एनआईसीयू सेवाको उद्घाटन गरेका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46