आरटिडी टेष्ट पोजेटिभ आएपछि सेती अस्पतालमा दुई जना भर्ना, सुदूरपश्चिममा ९५ जनाको आरडिटी पोजेटिभ
2020/05/30, 9:44
 
korona

आरटिडी टेष्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालमा दुई जना भर्ना भएका छन् । १३ गते दिल्लीबाट फर्किएका धनगढी उप–महानगरपालिका वडा नम्वर २ सन्तोषी टोलका ५६ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर ४ का २१ बर्षीय युवकमा आरडिटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ । अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा ६ जना संक्रमित र तीन जना शंकास्पद बिरामीलाई राखिएको छ । सुदूरपश्चिम प्रदेशमा २१ हजार बढिको यापिड टेस्ट गर्दा ९५ जनामा पोजेटिभ देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुासर प्रदेशभरी २१ हजार छ सय २१ जनार्को यापिड टेस्ट गर्दा ९५ जनामा पोजेटिभ अर्थात एन्टिबडी देखाएको छ ।

अहिलेसम्म ९५ जनमा आरडिटी पोजेटिभ देखाएकोमा ७० जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ । ७० जनामा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाँकी २५ जनाको भने पीसीआर मार्फत परीक्षणका लागि स्वाब संकलन गरिएको तर परीक्षण रिपोर्ट आएको छैन् । यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिले सम्म पाँच हजार तीन सय ६९ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

जस्मा २० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने एक जनाको सुर्खेतमा गरिएको परीक्षणमा रिर्पाेट पोजेटिभ आएको हो । निर्देशनालयका अनुसार अहिलेसम्म तीन हजार ५९ जनाको धनगढीस्थित प्रयोगशाला मार्फत परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ ।