कैलालीका स्थानीय तहहरुमा ब्यापक भ्रस्टाचार, कुन स्थानीय तहमा कति ? (भिडियो सहित)
2020/12/23, 7:44
 
rajniti

कैलालीका बिभिन्न स्थानिय तहमा संघ देखी स्थानिय तहका योजनामा ब्यापक अनियमितता भएको नेपाली काग्रेंसले दावी गरेको छ । नेपाली काग्रेंस कैलालीले जिल्लाका बिभिन्न स्थानिय तहमा सञ्चालित योजनाको अनुगमन गरी सो प्रतिबेदन सार्वजनिक गरेको हो । काग्रेंसको प्रतिबेदन अनुसार संघ, प्रदेश र स्थानिय तहका योजनामा भ्रस्टाचार र अनियमितताले झन बढावा पाएको छ ।

नेपाली काङ्ग्रेस कैलालीले कैलालीका १३ वटै स्थानीय तहमा १ सय १६ वटा योजनामा भ्रष्टाचार भएको ठहर गरेको छ । काङ्ग्रेसले गत आर्थिक वर्ष २०७६÷०७७ कार्यान्वयन भएको संघीय र प्रदेशको योजनामा व्यापक भ्रष्टाचार भएको पत्रकार सम्मेलन गरि जनाएको हो । काङ्ग्रेसले अनुगमन प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

यस्तो छ स्थानिय तहगत बिवरण

१ गौरीगंगा नगरपालिका

१.१ गौरीगंगा नदी तटवन्धन योजना वडा नम्बर १, (लठैयाटोलको पूर्व गौरीगंगा नदि), यो योजना सुदूरपश्चिम प्रदेश सरकारको रु.२८ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमन अवधीमा तटबन्धन भाँसिएको, योजना निर्माण स्थलमा सूचनापाटी नराखेको, निर्माण कार्यको लागत परिमाण अनुसार कार्य नभएको, योजनाको लागत परिमाण अनुसार तटबन्धको लम्बाई र उचाईं नभएको तथा ग्याबिन जालीमा राम्रोसंग ढुंगा भरान नभएको ।

७.१.२. नदी तटबन्धन योजना वडा नम्बर १, मंगलपुर पुलदेखि उत्तरपट्टि, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. २० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा योजना निर्माण स्थलमा सूचनापाटी नभएको, कम गुणस्तरको जाली प्रयोग गरेको, निर्माण कार्यको लागत परिमाण अनुसार काम नभएको, तथा जनप्रतिनिधिले मिलेमतोमा कम परिमाणमा काम भए पनि कार्य सम्पन्न भएको सिफारिस गरि बजेट निकासा भएको ।

३. नदि तटवन्ध योजना वडा नम्बर २, उत्तर कटानटोल, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. ७ लाखको लागतमा उपभोक्त समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा योजना निर्माण स्थलमा निर्माण कार्यको लागत परिमाण अनुसार काम नभएको, योजनाको इष्टिमेट अनुसार तटबन्धको लम्बाई र उचाई नभएको ।

७.१.४ नदि तटवन्धन योजना वडा नम्बर २, नमुना टोल, यो योजना स्थानिय सरकारको रु. १० लाखको लागतमा उपभोक्त समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा योजना जालीहरु टुटेर टतवन्धन भत्किएको इष्टिमेटको आधा परिमाण मात्रै काम भएको, गुणस्तरहीन जालीको प्रयोगका भएको ।

७.१.५ नदी तटवन्धन योजना ,वडा नम्बर ५ शिशुधार टोल अण्डैया, यो योजना संघीय सरकारको रु. ६४ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा तटवन्धका जालीहरू फुटेर क्षतविक्षत भएको, आयोजना स्थलमा सूचनापाटी नराखेको, योजना निर्माण कार्य पुरा नहुँदै वडा कार्यालयले निर्माण सम्पन्न भएको सिफारिस दिएको, ग्याबिन जाली ढुंगा भरान राम्रो सँग नभएको ।

७.१.६ नदी तटवन्धन योजना वडा नम्बर ५ अण्डैया, यो योजना संघीय सरकारको २ करोड ८० लाख (राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति) को लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमन अवधीमा योजना स्थलमा इष्टिमेट अनुसार काम नभएको, पुरानो जालीमाथि एक तह नयाँ जाली राखेर योजना निर्माण गरेको, आयोजना स्थलमा सूचनापाटी नराखिएको र योजना स्थलमा हरियाली प्रवद्र्धन कार्य नभएकोे ।

७.१.७ कान्द्रा नदि नियन्त्रण योजना वडा नम्बर ७ सुनपाल, यो योजना संघीय सरकार (राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको) रु.२ करोड २८ हजार ५ सय ६६ रुपैयाको लागतमा तीनवटा उपभोगता समिति मार्फत कार्यान्वयन भएको । अनुगमन अवधीमा दुई करोड रुपैया भन्दा बढिको योजना भए पनि टुक्राएर उपभोक्ता समिति मार्फत निर्माण गरिएको । योजना स्थलमा हरियाली प्रवद्र्धन कार्य नगरिएको, योजना निर्माण कार्य पुरा नहुँदै वडा नम्बर ७ को कार्यालयले निर्माण कार्य पुरा भएको सिफरिस गरेको, मेसिन प्रयोग हुने ठुला र जटिल कार्य उपभोक्ता समितिबाट नगराउने सरकारको निर्णय विरुद्ध काम गरिएको ।

७.१.८ कलभर्ड निर्माण योजना वडा नम्बर ७, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. १८ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमन अवधीमा, वरपरको दुवै भागमा तार जाली नहालेकोले दुवैतिरवाट पानी बगेर कल्भर्ट भासिएको, योजना निर्माण स्थलमा सूचनापाटी नभएको, योजनाको सर्वाजनिक सुनुवाई नभएको र लागत परिमाण अनुसार काम र सामग्री प्रयोग नभएको ।
७.१.९ लिक्मा नदि तटवन्धन योजना वडा नम्बर ८, वडैपुर पुलउत्तरतर्फ, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. ३५ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमन समयमा तटबन्ध भत्किएको, लागत परिमाण अनुसार काम नभएको र कमशल जालीको प्रयोग गरेका र ग्याबिन जालीमा राम्रोसंग ढुंगा भरान नभएकोे ।

७.१.१० सडक ग्राभेल योजना वडा नं. ८,वेतहनीदेखि दुर्गा प्रा.वि.चमारीपुर र जनप्रिय मा.वि. देखि गुलहनियासम्मको सडक, यो योजना स्थानीय सरकारको रु. २७ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयनमा भएकोे । अनुगमन अवधीमा योजना कार्यान्वयन सडकमा ग्राभेल नभएको, सार्वजनिक सुनुवाई नभएको र इस्टिमेट अनुसारको ग्राभेल नहालेरै रकम भुक्तानी लिएको ।

७.२. घोडाघोडी नगरपालिका

७.२.१ सडक निर्माण योजना वडा नम्बर ४, सीताकुण्ड मन्दिरदेखि बटुलेचौरसम्म, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. ११ लाखको लागत सहभागितामा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा योजना स्थलमा सूचनाबोर्ड नभएको, सार्वजनिक सुनुवाई नभएको, योजना निर्माणको लागतअनुसार काम नभएको र कमशल गुणस्तरीय निर्माण सामग्री प्रयोग गरिएको ।

७.२.३ ट्याङनाखोला तटवन्धन योजना वडा नम्बर ४,वारीपारी यो योजना संघिय सरकारको १ करोड १९ लाख, (७४ लाख रामपुरतिर र ४५ लाख गेडाखेरीमा) राष्ट्रपति चुरे कार्यक्रमको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा योजना स्थलमा सूचनाबोर्ड नभएको,,सार्वजनिक सुनुवाई नभएको , इस्टिमेट अनुसारको हरियाली प्रवद्र्धन कार्य नभएको ।

७.२.३ गैडाखेरा ट्यूबेल जडान योजना, वडा नम्बर ४, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. २२ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा योजना स्थलमा सूचनाबोर्ड नभएको, सार्वजनिक सुनुवाई नभएको, लागत परिमाण अनुसार काम नभएको ।

७.२.४.सडक ग्राभेल योजना वडा नम्बर ७ लामाको घरदेखि वडा कार्यालयसम्म, यो योजना स्थानीय सरकारको रु. ५ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा केही ठाउँमा मात्र ग्राभेल हालिएको, सरोकारवालालाई जानकारी नभएको, सार्वजनिक सुनवाई नभएको र योजनको लागत परिमाण अनुसारका काम नभएको ।

७.२.५. वडा कार्यालयको पर्खाल निर्माण योजना वडा नम्बर ७, यो योजना स्थानीय सरकारको रु. १२ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन अवधीमा कमसल र कच्ची ईट्टा प्रयोग भएको, योजना कार्यान्वयनको समयामा स्थानीयले कमसल निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानियले व्यापक विरोध गरेको सुनुवाई नभएको, सार्वजनिक सुनुवाई नभएको, लागत परिमाण अनुसारका काम नभएको ।

७.२.६ ठोकार निर्माण योजना वडा नम्बर ११, कान्द्रा नदीमा, यो योजना स्थानीय सरकारको रु. २५ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमन अवधीमा योजनको अवस्था सम्झौता अनुसार पाँच वटा ठोकर निर्माण गर्नुपर्नेमा चार वटा मात्र निर्माण गरेको, सरोकारवालाहरुको उपस्थिति बिना उपभोक्ता समिति गठन नभएको र सार्वजनिक सुनुवाई नभएको, उपभोक्ता समितिमा आफूनजिकका कार्यकर्ता मात्र राखेको, योजनास्थलमा सूचनाबोर्ड नभएको ।

७.२.७ पहलमानपुर लालवोझीे सडक निर्माण वडा नम्बर १२, यो योजना संघीय सरकारको रु ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमन अवधीमा योजनको लागत अनुसार काम नभएको,वडा कार्यालयको योजना सम्पन्न सिफारिसपत्र नलिएरै अन्तिम भुक्तानी भएको, योजनास्थलमा सूचनाबोर्ड नभएको र सडक निर्माण लागत परिमाण अनुसार नभएको ।

७.३ टीकापुरनगरपालिका

७.३.१ टीकापुर ६ लेन सडक निर्माण आयोजना, यो योजना संघीय सरकारको रु.१४ करोडको लागत ठेक्कामार्फत योजना कार्यान्वयन भएको । सडक तथा नाली निर्माणमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको, सडकमा माटो पटान नै नगरी रोलर चलाइएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.३.२ रिडरोडमा निर्माण योजना, वडा नम्बर १, यो योजना संघीय सरकारको रु.१२ करोडको लागतमा ठेक्का मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका क्रममा सडक तथा नाली निर्माणमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र लागत परिमाण अनुसारको काम नभएको ।

७.३.३.जलबायु परिवर्तन उच्च भवन निर्माण योजना वडा न ३, यो योजना संघीय सरकारको रु.४२ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, अनुगमनमन समयमा भवन निर्माण कार्य पुरा नभएको, योजनाको सार्वजनिक सुनुवाई नभएका र लागत परिमाण अनुसार भवन निर्माण नभएको ।

७.३.५. सडक कालोपत्रे तथा खोप केन्द्र निर्माण योजना वडा नम्बर ४, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु. ३८ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, सडकको कालोपत्रे फुटेको, खोपकेन्द्र निर्माण कार्य अधुरा रहेको,

७.३.६.साईकल स्टेण्ड निर्माण योजना वडा नम्बर ४, यो योजना स्थानीय सरकारको रु.१० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनको व्रmममा योजना स्थलमा सूचनापाटी नभएको र लागत परिमाण अनुसार काम नभएको ।

७.३.७. श्री पदम प्रकाशेश्वर महादेव मन्दिर रगरोगन योजना,वडा नम्बर ४, यो योजना संघीय र स्थानीय सरकारको गरी रु. ११ लाख ७६ हजार ४७० रुपैयाको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रममा योजनास्थलमा सूचनापाटी नभएको, सार्वजनिक सुनुवाई नभएको र लागत परिमाण अनुसारको रंगारोगन नभएको ।

७.३.८ खेलकुद मैदान निर्माण योजना वडा नम्बर ५, पार्क रोड, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. ८० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, उपभोक्ता समिति निर्माण गर्दा सरोकारवालाहरुलाई जानकारी नदिएको र योजनाको लागत परिमाण अनुसारको काम नभएको ।

७.३.९ सडक निर्माण योजना वडा नम्बर ९, खैरीपुर चन्द्र शाहको घरदेखि दुर्जनपुरसम्म, यो योजना स्थानीय सरकार रु. ५ लाखमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना स्थलमा सूचनापाटी नभएको,सरोकारवालाहरुलाई जानकारी नदिएको र लागत परिमाण अनुसार काम नभएका ।

७.४कैलारी गाउँपालिका

७.४.१ बनदेवी मन्दिर माटो पटानी योजना वडा नं. १, यो योजना स्थानीय सरकारको रु. ९ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनको समय सम्म ट्याक्टर ढुवानीको रकम नदिएको, लागत परिमाण अनुसार काम नभएको र सम्वन्धित वडा कार्यालयबाट कार्य सम्पन्नताको सिफारिस नलिई रकम निकासा भएको ।

७.४.२ सडक स्तरोन्नती योजना,वडा नम्बर २, बसौटीदेखि उज्जलीसेमरासम्म, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु. २० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनको समयसम्म निर्माण कार्य पुरा नभएको, योजनास्थलमा सूचनापाटी नभएको, सडकमा रोलर प्रयोग नभएको, लागत परिमाण अनुसार काम र गुणस्तरीय सामग्रीको प्रयोग नभएको ।

७.४.३ सडक कालोपत्रे योजना वडा ३ लालपुरचोकदेखि दक्षिण भण्डारीको घर हुदै हेल्थपोष्टसम्म, यो योजना स्थानीय सरकारको रु.३० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका । अनुगमनको समयसम्म निर्माण कार्य पुरा नभएको, योजनास्थलमा सूचनापाटी नभएको, सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई नभएको र सडकको विच विमा घास उम्ररिएको ।

७.४.४ सडक नाली सहित कालोपत्रे योजना, वडा नम्बर ३ के गाउँ दिपेन्द्र आधारभूत विद्यालयदेखि डाँडा टोलसम्म, यो योजना स्थानीय सरकारको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा नाली निर्माण र माटोपटाई नभएको, स्टमेट अनुसारको कालोपत्रेको चौडाई नभएको, योजना स्थलमा सूचनापाटी नभएको, गोप्यरुपमा उपभोक्त समिति गठन गरिएको र योजना निर्माण कार्य पुरा नहुँदै भुक्तानी लिएको ।

७.४.५.कालिमाई मन्दिर मर्मत सम्भार योजना, वडा नम्बर ३, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.५ लाख लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा मन्दिरमा कुनै काम नभएको, स्थानीय समुदाय र उपभोक्ता समितिलाई जानकारी नभएको, योजना स्थलमा सूचनापाटी नराखेको,

७.४.६.सडक स्तरोन्नती योजना, वडा नम्बर ४ घुराही पुलदेखि के गाउँसम्म, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.२५ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा नाली निर्माण र माटोपटाई नभएको, योजनास्थलमा सूचनापाटी नभएको, आमभेला नगराई गोप्यरुपमा उपभोक्ता समिति गठन गरिएको र योजना निर्माण कार्य पुरा नहँदै वडा कार्यालयबाट ९५ प्रतिशत कार्य सम्पन्न भएको सिफारिस गरि बजेट निकासा भएको ।

७.४.७ सडक स्तरोन्नती योजना,वडा नम्बर ७ भूईयाफाँटादेखि चाँदनी चौकसम्म, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.२५ लाख लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको थियो । योजनाको अनुगमनका व्रmममा योजना स्थलमा सूचना पाटी नभएको, सरोकारवालाहरू बीच सार्वजनिक सुनुवाई नभएको, र लागत परिमाण अनुसार कार्य नभएका ।

७.४.८.सडक कालोपत्रे योजना वडा नम्बर ८, दुधियादेखि सुर्मीटोलसम्म, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.३० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने सम्झौता भए पनि उपभोक्ता समितिले योजना ठेक्कामा कार्यान्वयन गरेको । योजनाको अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, सार्वजनिक सुनुवाई नभएको र कालोपत्रे सडकमा विभिन्न ठाउँमा घास उम्रेको ।

७.४.९ घुराई नदी तटबन्ध योजना ,वडा नम्बर ९, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.७ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजना स्थलमा सूचना पाटी नभएको, सार्वजनिक सुनुवाई नभएको र लागत परिमाण अनुसारको कार्य नभएको ।

७.५ चुरे गाउँपालिका

७.५.१ जिरेतोला पखिर सिंचाई योजना, वडा नम्बर १ पखिर यो योजना संघीय सरकारको रु.५० लाखको लागतमा ठेक्का मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा निर्माण कार्य पुरा भएको केही दिनमा पोखरीको उत्तरतर्फको पर्खाल भत्किएको, योजना निर्माणस्थलमा सूचनापाटी नभएको, गुणस्तरहिन काम भए पनि प्रविधिक मूल्यांकन ठिक छ भनेर सिफारिस गरि भुक्तानी लिएको, भित्र माटोको चुनाई गरि बाहिर सिमेन्ट प्लास्टर गरेको र योजना निर्माण कार्य पुरा भएको बारे सम्बन्धित वडा कार्यालयबाट सिफारिस नलिई सिधै गाउँपालिकाबाट सिफारिस लिई भुक्तानी भएको ।

७.५.२ .घोडेथार सायल सडक निर्माण योजना, वडा नम्बर १, यो योजना सुदुर पश्चिम प्रदेश सरकार र स्थानीय सरकार गरि रु.३७ लाखको संयुक्त लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएकोे । योजना अनुगमनका क्रममा बजेट अनुसारको काम नभएको, योजना निर्माण स्थलमा सूचनापाटी नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.५.३ रिठीखोला खैराला सडक आयोजना,वडा नम्बर २ यो योजना संघीय सरकारको रु.१५ लाखको लागतमा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना निर्माणस्थलमा सूचनापाटी नभएको र योजनाको सार्वजनिक सुनुवाई नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.५.४ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, वडा नम्बर २, यो योजना संघीय सरकारको रु ४ लाख ३० हजार लागतमा कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा गोरेटोबाटो मर्मत कार्य नभएको र डोरहाजिर मिलाएर रकम भुक्तानी गरेको ।

७.५.५ निगाली खैराला कृषि सडक योजना,वडा नम्बर २,यो योजना स्थानीय सरकारको रु.१९ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमन गर्दा लागत परिमाण अनुसारको काम नभएको ।

७.५.६ सहजपुर स्वास्थ्य चौकी मर्मत योजना वडा नम्बर ३, यो योजना प्रदेश सरकारको रु.९ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन । योजना अनुगमनको समयसम्म योजना निर्माण सम्पन्न नभएको, योजनाको बजेट अनुसारको काम नभएको, कमशल र गुणस्तरहिन निर्माण सामग्री प्रयोग नभएको ।

७.५.ं७.चुरे गाउँपालिका स्तरीय खेल मैदान निर्माण योजना, वडा नं. ३, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनको समयसम्म योजना निर्माण कार्य समपन्न नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.५.८ जगाती अम्खोरे कृषि सडक योजना, जगाती वडा नम्बर ४,यो योजना स्थानीय सरकारको रु.१० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको,निर्माण कार्य अधुरो रहेको, लागत परिमाण अनुसारको काम नभएको ।

७.५.९ बगैचुला माचपानी मस्ये सडक आयोजना, वडा नम्बर ३, यो योजना सुदुरपश्चिम प्रदेश सरकार रु.१० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा सडकको फाउण्डेशन नबनाइ जालीवाल लगाएकोले जालीवाल भत्किसकेको ।

७.५.१० पशु हाटबजार भवन निर्माण योजना, वडा नम्बर ५, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.३८ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको पाईयो । योजना अनुगमनका व्रmममा योजना निर्माण स्थलमा सूचनापाटी नभएको र योजना पुरा नहुँदै पुरै बजेट रकम निकासा भएको ।

७.५.११ कुमैना आमपानी नाइल सडक योजना, वडा नम्बर ६, सुदुर पश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समेत रु.५४ लाख लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना निर्माणस्थलमा सूचनापाटी नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.५.१२ ढुंगेनी कल्लेखर्क सडक योजना, वडा नम्बर ६, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.५४ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, सार्वजनिक सुनुवाई नभएको, पुरानै सडकलाई सरसफाई गरेर भुक्तानी लिएको ।

७.६ भजनी नगरपालिका

७.६.१ सडक ग्राभेल योजना, वडा नम्बर २, मोहनपुरदेखि पल्टुपुरसम्म यो योजना स्थानीय सरकारको रु.१६ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा सूचनापाटी नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.६.२ सडकमा निर्माण योजना,वडा नम्बर ३, पडरीया उत्तर टोल जाने कल्भर्टदेखि टेकेन्द्र शाहको घरसम्म, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.१० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएकोे र लागत परिमाण अनुसारको काम नभएको ।

७.६.३ सडक स्तरोन्नती योजना, वडा नम्बर ३ राष्ट्रिय मावि घुसीबाट नन्कन्नीको घरसम्म, यो योजना स्थानीय सरकारको रु.१० लाखको लागतमा उपभोक्ता समितिले काम गर्ने सम्झौता भए पनि ठेक्का मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना निर्माणस्थलमा सूचनापाटी नभएको र सम्झौता अवधिसम्म काम पुरा नभए पनि भुक्तानी लिएको ।

७.६.४ कान्द्रा नदी तटबन्धन योजना , दुर्गा मावि, कुसुमघाट नजिक, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु. २८ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना निर्माण स्थलमा सूचनापाटी नभएका, अनुगमनको समयसम्म तटबन्धन भत्किएको र कमशल र गुणस्तरहिन जाली प्रयोग गरिएका ।

७.६.५ सडक पटानी तथा ग्राभेल योजना, वडा नम्बर ६, नवलपुरदेखि बहादुरपुरसम्म, यो योजना स्थानीय सरकारको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको हो । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको र लागत स्टिमेट अनुसारको काम नभएको ।

७.६.६ सडक ग्राभेल योजना, वडा नम्बर ८ खैरा चोकदेखि कखलुवा र कखलुवादेखि मोहनपुरसम्म, यो योजना संघीय सरकारको ८ लाख र स्थानीय सरकारको १० लाख गरि रु.१८ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना निर्माणस्थलमा सूचनापाटी नभएको, अनुगमनको समयसम्म काम पुरा नभएका, उपभोक्ता समितिको अध्यक्षमा वुबा र सचिवमा छोरा भएको र योजना पुरा नहुँदै पुरै रकम भुक्तानी लिएको ।

७.७.जानकी गाउँपालिका

७.७.१ सामुदायिक भवन निर्माण योजना,वडा नम्बर २ खगौलिक, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा बजेट अनुसारको काम नभएको, योजना निर्माणस्थलमा सूचनापाटी नभएको र सार्वजनिक सुनुवाई नभएको ।

७.७.२ सामुदायिक भवन निर्माण योजना, वडा नम्बर ७ हिम्मतपुर, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.१२ लाख ४५ हजारको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजना निर्माण स्थलमा सूचनापाटी नभएको र लागत परिमाण अनुसारको भवन निर्माण नभएको ।

७.७.३ सडक ग्राभेल योजना, वडा नम्बर ८, बडकापुर खोप क्लिनिकदेखि उत्तर फरलाइनसम्म तथा जंगबहादुरको घरदेखि डुडेझारीसम्म र टाडटुली ट्रसपुलदेखि पश्चिम व्यवस्थित नगरसम्मका सडकहरु. संघिय सरकारको रु ७ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना लागत परिमाण अनुसारको ग्राभेल नभएको ।

७.८. लम्किचुहा नगरपालिका

७.८.१ नाला निर्माण योजना, वडा नम्बर १ बजार तथा बसपार्क पूर्वी गेटसम्म, यो योजना प्रदेश र स्थानीय सरकारको रु४० लाख ५७ हजार १३१ रुपैया लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन गर्ने सम्झौता भए पनि उपभोक्ता समितिले ठेक्का मार्फत योजना कार्यान्वयन गरेको । योजना अनुगमनका व्रmममा सडकको सतहभन्दा दुई फिट माथि नाली निर्माण भएको, नाली भत्कीएको, योजनास्थलमा सूचनापाटी नराखेको ।

७.८.२ बृद्धबृद्धा मिलन केन्द्र भवन निर्माण योजना, वडा नं १ दिपेन्द्र मा वि को हातामा, यो योजना सुदुरपश्चिम प्रदेश सरकारको रु.४८ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनको समयसम्म पनि काम पुरा नभएको, निर्माणाधिन अवस्थामै बिम बाँगिएको, निर्माण स्थलमा सूचनापाटी नभएको ।

७.८.३ योगा हल निर्माण योजना, वडा नम्बर १ सहिद स्मृति मा वि, यो योजना स्थानीय सरकारको रु.१७ लाख ७ हजारको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनको समयसम्म पनि काम पुरा नभएको, योजनास्थलमा सूचनापाटी र लागत परिमाण अनुसारको काम नभएको ।

७.८.४ चिसापानी खानेपानी योजना , वडा नम्बर ३, स्थानीय सरकारको रु.४८ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनको समयसम्म पनि काम पुरा नभएको, योजना स्थलमा सूचनापाटी नभएको ।

७.८.५ सामुदायिक भवन निर्माण योजना, वडा नम्बर ३ बल्चौर, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.१७ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएकोे । योजना अनुगमनको समयसम्म पनि काम पुरा नभएको,योजनास्थलमा सूचना पाटी नभएको र बिम र पिल्लर विना नै भवन निर्माण गरिएको ।

७.८.९ बलिया बजार ढल निकासा योजना, वडा नम्बर ४, यो योजना स्थानीय सरकारको रु.१५ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनको समयसम्म पनि काम पुरा नभएको, योजना स्थलमा सूचना पाटी नभएको र निर्माण अवस्थामा विभिन्न स्थानमा नाला भत्किएको ।

७.८.१० अमरपुर खेलकुद मैदान निर्माण योजना, वडा नम्बर ४, यो सुदुर पश्चिम प्रदेश सरकारको रु.५३ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका क्रममा योजना स्थलमा सूचना पाटी नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.८.११ ढल निकास योजना वडा नम्बर ६, भवानीपुर, यो योजना स्थानीय सरकारको रु.५० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचना पाटी नभएको तथा सरोकारवाला सँग सार्वजनिक सुनुवाई नगरेको लागत परिमाण अनुसारको काम नभएको तथा कमशल निर्माण सामग्रीको प्रयोग भएको ।

७.८.१२ नदीमा तटवन्धन योजना, वडा नम्बर ६ चम्किलो तारा निमावि नजिक, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.३१ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचना पाटी नभएको तथा सरोकारवाला सँग सार्वजनिक सुनुवाई नगरेको

, कमशल जालीको प्रयोग लागत परिमाण अनुसारको निर्माण सामग्री प्रयोग नभएको तथा लम्बाई र उचाई नभएको। ७.८.१३ भवन निर्माण योजना, २ कोठे भवन चैनपुर सम्भुशुनन्धा खेलमैदान वडा नं. ६, यो योजना प्रदेश सरकारको रु.१८ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचना पाटी नभएको, सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई नगरेका ।

७.८.१४ ट्रस निर्माण योजना, वडा नं. ८ हाटबजार तथा फूल विक्रि वितरण केन्द्रको गुलरा बजार, यो योजना सुदुर पश्चिम प्रदेश सरकारको रु.१५ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजनास्थलमा सूचना पाटी नभएको, सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई नगरेको र लागत परिमाण अनुसारको काम नभएको पाईयो ।

७.८.१५ २ कोठे भवन निर्माण योजना वडा नम्बर ८ प्रदेश सरकारको रु.३६ लाखको लागतमा योजना ठेक्का मार्फत कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजनास्थलमा सूचनापाटी नभएको, लागत परिमाण अनुसारको काम नभएको ।

७.८.१६ कलभल्ट निर्माण योजना, वडा नम्बर ९, धन्चैथा नाला, यो योजना स्थानीय सरकारको रु.१५ लाखको लागतमा उपभोक्ता समितिले मार्फत योजना कार्यान्वयन गर्ने सम्झौता भए पनि ठेक्का मार्फत योजना कार्यान्वयन गरिएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको र लागत परिमाण अनुसारको काम नभएको ।

७.८.१७ वडा कार्यालय घेरवार योजना, वडा नम्बर ९, यो योजना स्थानीय सरकारको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने सम्झौता भए पनि ठेक्का मार्फत योजना कार्यान्वयन गरिएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको र लागत परिमाण अनुसारको काम नभएका ।

७.८.१८ ढल निकास योजना वडा नं १ मा स्थानिय सरकारको रु ५५ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने सममmौता भए पनि उपभोक्ताले ठेक्का मार्फत योजनाको कार्यान्वयन गरेको । अनुगमनको क्रममा प्रविधिक स्टमेट विना ढल निकासा निर्माण गरि योजना काम नलाग्ने भएको ।

७.९ धनगढी उपमहानगरपालिका

७.९.१ सडक ग्राभेल योजना, वडा नम्बर १ शिवनगर केदारटोल गोपाल चन्दको घरदेखि पुष्पा चौधरीको घर हुदै अछाम सेवा समिति सम्म, यो योजना प्रदेश सरकारका भौतिक पूर्वाधार कार्यालये रु २९ लाख ८३ हजार ८४० लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा तीन दिनभित्र काम पुरा गरेको पाईएको, नाममात्रको उपभोक्ता समिति गठन गरेको, कोषाध्यक्षलाई योजनाका बारेमा कुनै जानकारी नभएको, काम पुरा नहुँदै अग्रीम चेकबाट अन्तिम किस्ता रकम निकासा भएको र लागत परिमाण अनुसार काम नभएको ।

७.९.२ कव्रस्थान पर्खाल र ईण्टरलकिड निर्माण योजना, वडा नम्बर १ यो योजना संघीय सरकारको रु ६१ लाख ९३ हजार ५५३ रुपैयाँ (शहरी विकास मन्त्रालय) लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजनाको अनुगमनको समयसम्म पर्खाल निर्माण कार्य पुरा नभएको, सरोकारवालाहरुसँग योजनाबारे कुनै समन्वय नभएको, योजनास्थलमा सूचनापाटी नभएको, लागत परिमाण अनुसार काम नभएको र काम पुरा नहुँदै योजनाको अन्तिम किस्ताको रकम निकासा भएको ।

७.९.३ ढक्कनसहितको दोहोरो नाली र आरसिसि सडक योजना वडा नम्बर २ पुरानो भन्सार रोड, सब्जीमण्डीदेखि मस्जीद जाने सडक यो योजना संघीय सरकारको रु. ७० लाख (शहरी विकास मन्त्रालय) बेहडाबाबा निर्माण कम्पनीलाई ४७ लाख १५ हजार रुपैयाँमा ठेक्का मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमन गर्दा निर्माण कार्य सुरु भएको, नालीमा ढक्कन नभएको अधुरो नाली,पुरानो चार इन्च पर्खालमाथि नै नयाँ पर्खाल निर्माण गरिएको, योजना स्थलमा सूचना पार्टी नभएको र पुरानो कामलाई देखाएर अन्तिम रकम भुक्तानी लिएको ।

७.९.४ सामुदायिक भवन निर्माण योजना, वडा नम्बर ं २, विश्वनाथ मन्दिर बैयावेहडी, यो योजना संघीय सरकारको रु. ६० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनको समयसम्म पनि निर्माण कार्य जारी रहेको, योजना कार्यान्वयन स्थलमा सूचना पाटी नभएको, गोप्य रुपमा उपभोक्ता समिति गठन गरेको र लागत विवरण अनुसार कार्य नभएको ।

७.९.५ सडक कालोपत्रे योजना, वडा नम्बर ३ (मल्लको घरदेखि चौहानको घरसम्मको सडक) यो योजना स्थानीय सरकारको रु.६ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन गरिएको पाईएको छ । अनुगमनका व्रmममा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको, सडकको कालोपत्रे निकै कमजोर, सामान्य ढंगले उप्कने र लागत परिमाण अनुसार काम नभएको ।

७.९.६ कैलाली नाला तटवन्धन योजना, वडा नम्बर ४, उत्तरवेहडी तारानगर पानी टंकीको पारीपट्टी, यो योजना प्रदेश सरकारको रु २९ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, सरोकारवालाहरूको सहितको सार्वजनिक सुनुवाई नभएको, लागत परिमाण अनुसार काम तथा लम्वाई र उचाई नभएको ।

७.९.९ कैलाली नाला नियन्त्रण योजना,वडा नम्बर ५, तारानगर देउथान र खानेपानी नजिक, यो योजना संघीय सरकारको रु ३३ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नभएको, सरोकारवालाहरूको सहितको सार्वजनिक सुनुवाई नभएको लागत परिमाण अनुसार अनुसार लम्वाई र उचाई नभएको ।

७.९.११ सुकुटीलाना तटवन्धन योजना वडा नम्बर ६ जाली यो योजना संघीय सरकारको रु. २० लाखको लागतमा (राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजनामा कमशल खालको जाली प्रयोग गरेको, जाली टुटेको, सार्वजनिक सुनुवाई नभएको, स्टिमेट अनुसारको काम नभएको कोषाध्यक्षलाई खाली चेकमा हस्ताक्षर गराएर रकम निकासा गरेको, काम पुरा नहुँदै कार्य सम्पन्न भएको सिफारिस बनाएर भुक्तानी लिएको ।

७.९.१२ सामुदायिक भवन निर्माण योजना, वडा नं. ७ देहोरीया यो संघीय सरकारको रु.४० लाखको लागतमा उपभोक्ता समितिले ठेक्का मार्फत कार्यान्वयन गरेको । अनुगमनका व्रmममा सरोकारवालाहरूको उपस्थिति बिना नै समिति गठन गरिएको, योजनाको सार्वजनिक सुनुवाई नभएको, काम पुरा नहुँदै रकम भुक्तानी भएको र वडा कार्यालयबाट समेत कार्य सम्पन्न भएको सिफारिस नलिएको ।

७.९.१३ दोहोरो नाली निर्मााण योजना , वडा नम्बर ७ हुलाकी सडकदेखि दक्षिण धनराज पाण्डेको घरसम्म, यो योजना संघीय सरकारको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनका व्रmममा काम पुरा नभएको, योजनाबारे सरोकारवाला निकायसँग कुनै समन्वय नभएको, लागत परिमाण अनुसारको लम्वाई तथा उचाई नभएको ।

७.९.१४ सामुदायिक भवन निर्माण योजना,वडा नम्बर १० संघीय सरकारको रु.३० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजना स्थलमा सूचनापाटी नराखिएको र अनुगमनको समयसम्म काम पुरा नभएको ।

७.९.१५ सामुदायिक भवन निर्माण योजना,वडा नम्बर ११ संघीय सरकारको रु ३० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका व्रmममा योजनास्थलमा सूचनापाटी नराखिएको,लागत परिमाण अनुसार काम नभएको ।

७.९.१६ ग्राभेल तथा वाल निर्माण योजना क्रमागत वडा नम्बर १४, हुलाकी सडकदेखि दक्षिण आदर्श विद्यालयसम्म जाने बाटासंघीय सरकारको रु.७० लाखको लागतमा उपभोक्ता समिति गठन भई ठेक्का मार्फत काम भएको । अनुगमन गर्दा लागत परिमाण अनुसार काम नभएको ।

७.९.१७ बरथिङ्ग सेन्टर निर्माण योजना, वडा नम्बर १६ सुदुर पश्चिम प्रदेश सरकारको रु. २५ लाख ९२ हजारको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनको समयसम्म भवनको छत मात्र ढलान भएको, काम पुरा नहुँदै खातामा पुरै रकम निकासा भएको, योजना निर्माण स्थलमा सूचना पाटी नभएको ।

७.९.१८ सडक ग्राभेल योजना वडा नम्बर १७ दमौलिया गाउँ सुदुरपश्चिम प्रदेश सरकारको रु २० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका व्रmममा योजना निर्माण स्थलमा सूचना पाटी टाँस नभएको र लागत स्टमेट अनुसारको काम नभएका ।

७.९.१९ जनप्रिय आधारभूत विद्यालयको २ कोठ फर्निचार सहितको भवन निर्माण योजना, वडा नम्बर १८ आई गाउ प्रदेश सरकारको रु. १८ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यानवयन भएको । अनुगमनका व्रmममा भवन निर्माणाधिन अवस्थामा रहेको र काम पुरा नहुँदै रकम निकासा भएको ।

७.९.२० सामुदायिक भवन योजना, वडा नम्बर १९ धामीचोक पुलबारी प्रदेश सरकारको रु. ५८ लाख ५० हजार को लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन । अनुगमन गर्दा योजना निर्माण स्थलमा सूचनापाटी नभएको, अनुगमनको समयसम्म भवन निर्माण कार्य जारी रहेको ।

७.१० मोहन्याल गाउँपालिका

७.१०.१ सुगरखाल सोल्टा बाधैगौजा सडक निर्माण योजना प्रदेश सरकारको रु.५७ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनको समयमा स्काभेटर लगाएर सडक सामान्य मर्मत गरिएको । योजना लागत परिमाण अनुसारको कार्य नभएको ।

७.१०.२ रैनिकोट लिफ्ट सिंचाई आयोजना स्थानीय सरकारको रु.१० लाख४२ हजारको लागमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनको समयसम्म पाँच वटा मात्र जालीको ३० मिटर पर्खाल चुनाई भएको र लागत परिमाण अनुसार काम नभएको ।

७.१०.२ लिफट सिचाई योजना वडा नम्बर ६, सुदुर पश्चिम प्रदेश सरकारको रु.६३ लाख ९२ हजारको लागत उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका क्रममा योजना स्थलमा सूचना पाटी नभएको लागत परिमाण अनुसार काम नभएको ।

७.१०.३ नवलसिह रावल जेष्ठ नागरिक मिलन केन्द्र वडा नं. ६ संघीय र स्थानीय सरकारको रु. ५५ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना स्थलमा सूचना पाटी नभएको । अनुगमनको क्रममा काम पुरा नभएको ।

७.१०.४ सिचाईका लागि पानी संकलन पोखरी ÷टयाकी निर्माण योजना यो योजना संघीय र स्थानीय सरकारको रु.१ करोड ६० लाखको लागतमा स्थानीय जनप्रतिनिधिका आफन्तको नेतृत्वमा उपभोक्ता समिति गठन, योजनास्थलमा सूचनापाटी नभएको, सिंचाईंका लागि पानी संकलन पोखरी उपयुक्त नभएको लागत परिमाण अनुसार काम नभएको ।

७.१०.५ रैनिकोट लिफ्ट सिंचाई योजना यो योजना स्थानीय सरकार र संघीय सरकारको समेत १ करोड ५० लाख रुपैया उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । योजना अनुगमनका क्रममा उपभोक्ता समितिका पदाधाधिकारीलाई समेत योजनाको हिसाब किताबबारे कुनै जानकारी नभएको । योजना स्थलमा सूचनापाटी नभएको, सरोकारवालाहरूको उपस्थितीमा सार्वजनिक सुनुवाई नभएको ।

७.१०.६ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम यो संघीय सरकार रु. १० लाख ५० हजार आमा समुहको घर निर्माण योजना अलपत्र , योजना अनसगमनका क्रममा रोजगारीको नाममा आठ दिन काम गराएर आफना कार्यकर्तालाई १० दिनको ज्याला दिएको कागजमा सहि गराएका लागत परिमाण अनुसार काम नभएको ।

७.१०.७ स्वास्थ्य सामग्री खरिद संघीय, प्रदेश र स्थानीय सरकारको रु. १ करोड ५० लाखको लागतमा तत्कालिन स्वास्थ्य चौकी प्रमुख र गाउँपालिका अध्यक्षबीच कमिशनका लागि मुद्दा मामिला, स्वास्थ्य सामग्री खरिद गरेको भनेर बिल आए पनि सामान नआएको, स्वास्थ्य चौकी प्रमुख र गाउँपालिका अध्यक्षबीच गाली गलौच ।

७.१०.८ भिकृटी मावि भवन निर्माण योजना वडा नम्बर २ यो योजना स्थानीय सरकारको रु.३२ लाखको लागतमा उपभोक्ता समिति मार्फत काम गर्ने सम्झौता भए पनि उपभोक्ता समितिले ठेक्का मार्फत योजना कार्यान्वयन गरेको । अनुगमनको समयसम्म भवनको जगमात्र बनेको, योजना लागत परिमाण अनुसार काम नभएको ।

७.११ गोदावरी नगरपालिका

७.११.१ सडकमा ग्राभेल योजना , वडा नम्बर १ यो योजना स्थानीय सरकारको रु.५ लाखको लागतमा ग्राभेल गरेको तर अनुगमन गर्दा वडा भित्र भित्रि ग्राभेल नगरेको भनेर कागजात तयार गरि रकम निकासा गरेको । कहाँ कुन टोलमा कति मिटर कसले कसरी ग्राभेल हालेको हो भन्ने स्थानीयलाई जानकारी नभएको लागत परिमाण अनुसार काम नभएको ।

७.११.२ नाली÷ढल निर्माण योजना वडा नम्बर १ अमाननगर जानेबाटो (क्रमागात) यो योजना प्रदेश सरकार रु.१ करोड २८ लाख मध्ये यस वर्ष ५८ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनको क्रममा नाली निर्माण भएलगत्तै भत्किएको ,।योजना स्थलमा सूचनापाटी नभएको र सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई नभएको ।

७.११.३ नाली निर्माण योजना, वडा नम्बर २ दहलटोल सडक किनार यो योजना स्थानीय सरकारको रु. ९ लाखको लागतमा उपभोक्ता समितिले कार्यान्वयन गर्ने सम्मmौता भए पनि उपभोक्ता समितिले ठेक्का मार्फत योजना कार्यान्वयन गरेको । अनुगमनका क्रममा योजना स्थलमा नागरिक वडापत्र टाँस नगरिएको, अनुगमनको समय सम्म नाली भत्केको ।

७.११.४ सडक ग्राभेल योजना वडा नम्बर ४ बसन्तपुरबाट खैराना जानेबाटा, यो योजना प्रदेश सरकारको रु.५ लाखको उपभोक्ता समितिले ठेक्का मार्फत योजना कार्यान्वयन गरेको । योजना अनुगमनका क्रममा ग्राभेल नभएको ।

७.११.५ सडक ग्राभेल योजना वडा नम्बर ४ बास्कोटादेखि बनहुदै बनदेवी मन्दिरसम्मको सडक, यो योजना प्रदेश सरकारको रु. १५ लाखको लागतमा उपभोक्ता समितिले ठेक्का मार्फत योजना कार्यान्वयन गरेको । अनुगमनका क्रममा योजना अनुगमनका क्रममा ग्राभेल नभएको ।

७.११.६ सडक ग्राभेल योजना, वडा नम्बर ५ यो योजना स्थानीय सरकारको रु. २० लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका क्रममा योजना अनुगमनका क्रममा ग्राभेल नभएको ।

७.११.६ नाली निर्माण योजना वडा नम्बर ५ सरस्वती मावि नजिकस्थानीय सरकारको रु. ५ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका क्रममा नाली निर्माण योजना सम्पन्न नभएको, तर काम पुरा भएको प्रतिवेदन बनाएर भुक्तानी लिएका। ।

७.११.७ नदी नियन्त्रण योजना, वडा नम्बर ६ यो योजना प्रदेश सरकारको रु. ६ लाखको लागतमा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको । अनुगमनका क्रममा एक तह जाली मात्र लगाएको । लागत परिमाण अनुसार काम नभएको ।

७.११.८ सडक कालोपत्रे योजना, वडा नम्बर ८ र ९ मझगाउँदेखि सेहरीसम्म यो योजना संघीय सरकारको रु.४० लाखको लागत ठेक्का मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका क्रममा सडक ठाउँठाउमा कालोपत्रे फुटेको र योजनास्थलमा सूचनापाटी नभएको ।

७.११.९ डिप टयूवेल जडान योजना, वडा नम्बर १०, खमौरा यो योजना स्थानीय सरकारको रु.१५ लाखको लागतमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन भएको , योजना स्थलमा नागरिक वडापत्र टाँस नगरिएको । सरोकारवालाहरुलाई जानकारी नदिइ सार्वजनिक सुनुवाई नभएको र वडा कार्यालयबाट कार्य पुरा भएको सिफारिस नभएको तर रकम निकासा भएको ।

७.११.९ सडक निर्माण योजना वडा नम्बर १२ ओलान यो योजना प्रदेश सरकारको रु.८ लाखको लागतमा ठेक्का मार्फत योजना कार्यान्वयन भएको । अनुगमनका क्रममा योजना स्थालमा सूचना पाटी नभएको र लागत परिमाण अनुसार काम नभएको ।

७.११.९ त्रिपाल खरिद योजना (१ देखि १२ वडाहरूका लागि)स्थानीय सरकारको रु. ५ लाखको लागतमा नगरपालिकाबाट १ देखि १२ नम्बर वडालाई त्रिपाल खरिद गरि वितरण गरेको तथ्याङ्कमा देखाइएको छ, तर कुन प्रयोजनको लागि खरिद गरेको हो ? सोबारे खुलाइएको छैन त्रिपालहरु वडामा नपुगेको, त्रिपाल खरिद गर्दा टेन्डर कोटेशन जस्ता सामान्य प्रकृया समेत नअपनाइएको ।

नेपाली काँग्रेस कैलालीले आर्थिक भ्रष्टाचार तथा अनियमिता विरुद्धको अभियानलाई जारी राख्दै जनतालाई यसका विरुद्ध संगठित बनाउने प्रयासलाई निरन्तरता दिएको पार्टी जिल्ला सभापति नरनारायण शाहले दावी गरेका छन् । उनले जिल्लाका सबै स्थानिय तहमा पार्टीका नेता तथा कार्यक्रतालाई खटाएर योजनाको अनुगमन गरिएको जनाए । गत बर्षमा जिल्लाका बिभिन्न स्थानिय तहमा भएको अनियमिताको प्रतिबेदन सार्वजनिक गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको र यस पटकपनि अख्तियारलाई बुझाउने शाहले बताए । काग्रेंस जस्तै अन्य दललेपनि यसरी योजना अनुगमन गरी सत्य तथ्य बिवरण सार्वजनिक गरे पक्कै भ्रस्टाचार तथा अनियमितता घट्ने उनकोे बिश्वास छ ।