
धनगढीमा व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले सोमबार लुटपाट गरेको पसल सञ्चालकले बताएका छन् ।

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगद सहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताए । उनीहरुले शुरुमा रिर्चाज कार्ड मागे। रिचार्ज कार्डको रकम दिएनन्। उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले। सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पेस्तोल राखे र पसलमा भएको रकम र रिचार्ज कार्ड लिएर युवक फरार भए ।

अहिले घटना स्थलमा प्रहरी पुगेको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01