वेसहारालाई सहयोग गर्दै वडाध्यक्षले मनाए जन्मदिन
2020/12/31, 6:17
 
hepl

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को रिङरोड छेउमै एउटा सानो घर छ सुसिला सार्कीको । घर जमिननै नभएकी सार्की विगतदेखि नै रिङरोड छेउमा रहेको जमिनमा घर बनाएर बसिरहेकीछिन् उनी । तीन छोराछोरीकी आमा शुसिलाका श्रीमान रोजगारीका लागि भारत थिए । भारतबाट फर्केको केही दिनमै उनको हृदयघातका कारण मृत्यु भयो ।

आर्थिक अभावकै कारण दुई छोरालाई समेत उनले विद्यालय पढाउन पाईनन् । कमाउने श्रीमानको निधन भएपछि उनी वियोगमाछिन् । श्रीमानको निधनसंगै बियोगमा रहेकी सुशिलाको घरमा धनगढी वडा नम्बर ३ का वडाध्यक्ष बलबहादूर ऐर पुगे । । उनको अवस्था दयनीय देख्दा उनले केही व्यक्तीगत सहयोग गर्ने सोच बनाए । आफ्नो जन्मदिन समेत परेको हुँदा सुशिलाको घरमा उनी केही सहयोग लिएर पुगे । अध्यक्ष ऐरले जन्मदिनको अवसरमा खाद्यान्न, लुगाकपडा लगायतका समान उनलाई सहयोग गरे ।  ऐरले अरुलाई पनि सहयोग गरिदिन आग्रह गरे ।

जन्मदिनकै अवसरमा वडाध्यक्ष ऐरले धनगढी उप महानगरपालिका ३ कै गौशालामा दाना सहयोग गरेका छन् । साथै दृष्टि फाउण्डेशन मार्फत धनगढी उप–महानगरपालिका १३ की एक विपन्न महिलालाई लुगा कपडाका लागि सहयोग गरेका छन् ।