होपब्रिजद्धारा धनगढी उप–महानगरलाई स्वास्थ्य सामाग्री सहयोग
2021/01/01, 9:10
 
hopre

होपब्रीज, बेटर वल्र्ड र कोईकाको सहयोगमा धनगढी उप–महानगरलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ती संस्थाले उपमहानगरपालिकालाई एक हजार थान पिपिई, एक हजार थान एन ९५ मास्क्स र एक हजार थान फेस सिल्ड सहयोग गरेका हुन् ।

उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई होपब्रीजका सुदूरपश्चिम संयोजक महेन्द्र वमले ती सामाग्रीहरु हस्तान्तरण गरे । सामाग्री प्राप्त गरेपछि नगर प्रमुख वडले कारोना संक्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

होपब्रिजले कोरोना रोकथाम र नियन्त्रणमा मद्दत पुगोस् भन्ने उद्देश्यले यसअघि पनि उपमहानगरपालिकालाई खाद्यान्न स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । प्रदेश संयोजक वमले ९ वटै जिल्लाको केन्द्र धनगढीमा कोरोनाको जोखिम बढी रहेकाले पिसीआर परीक्षण, उपचार र रोकथाममा आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताए ।