खड्का दम्पतिद्धारा मानवसेवा आश्रममा भोजन सेवा
2021/01/20, 1:19
 
help

धनगढी–४ निवासी रुपेश खड्काका नवविवाहित दम्पतिले मानव सेवा आश्रममा विहानी भोजन सेवा उपलब्ध गराएका छन् । खड्का दम्पतिले आश्रमको धनगढी शाखामा रहेका ४८ जनालाई बुधबार विहानको एक छाक खानाको सुविधा उपलब्ध गराएका हुन् ।

3

आश्रमले विभिन्न ठाउबाट बेसहरा, सहयोगापेक्षी, मानसिक सनतुलन गुमाएका तथा सडकमा आएका मानिसहरुलाई उद्धार गरी स्याहार, उपचार र पारिवारिक पुनर्मिलन पनि गराउदै आएको छ ।  कैलाली उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, बाबा केबुल तथा टेलिभिजनका सञ्चालक खड्काले आफ्नो परिवारको खुशीको समयमा सामाजिक काम गर्न पाउदा  खुशी लागेको बताए ।

3

उनले आश्रममा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आश्रमका अभिभावक सिद्धराज पनेरुले रुपेश खड्का र उनका धर्मपत्नि यमुना कठायतलाई आश्रममा भोजन सेवा उपलब्ध गराएकोमा बधाई तथा धन्यवाद दिए ।

3

आश्रमका व्यवस्थापक आदर्श ढकालले दानदाताहरुले जन्मोतसव, विवाह, बार्षिकोत्सवजस्ता विभिन्न अवसर पारी आश्रममा सहयोग दिन आउने गरेको बताए ।