सुदूरपश्चिममा दन्त सेवा सुरु गर्ने रतन कुमार  
2021/01/25, 2:02
 
ratan sk

हामी कसैले धनगढीको सेती प्रादेशिक अस्पताल अगाडीको एउटा सटरमा रहेको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकमा गएका छौं भने एउटा अनुहार दिमागमा आईहाल्छ । सानो कदका प्रायः मुस्कानमै देखिरहने र दाँत उपचारका लागि विरामीहरुलाई सघाउन १४ वर्षदेखि खटिइरहेको त्यो अनुहार हो, रतनकुमार एसकेको ।

1

उनी सुदूरपश्चिममा दन्त उपचार सेवा ल्याउने पहिलो व्यक्ती पनि हुन् । डेढ दशकअघि भारतबाट फर्किएर रतनकुमारले सुरु गरेको दन्त उपचारको सेवा अब अस्पतालको रुपमा विकास हुदैंछ । उनका आफ्नै भाई दन्त चिकित्सक बन्नका लागि अध्ययनरत नै छन् ।

2

सुरुवातका दिनबाट सानो ठाउँबाट सुरु गरिएको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकलाई अहिलेको दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा विकास गर्ने सपना बोकेर अगाडी बढिरहेका छन् रतन कुमार । दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थप्दै छन् ।  

3
रतनकुमारले विडिएस गरेका दन्त चिकित्सक सहित ८ जना अन्य स्वास्थ्यकर्मीहरुको सहयोगले दन्त सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् । सस्तो मुल्यमा सेवा दिईरहेका उनले असहायलाई पुरै निशुल्क गर्दै आएका छन् ।

2

वझाङमा जन्मिएर बाल्यकालका धेरै बर्ष भारतमै विताएका उनी हजुरबुबाको सल्लाहले धनगढी फर्किएका थिए । अहिले हजुरबुबाको सल्लाहलाई मान्दा उनको दुःखद जीवन सुखदमा बदलिएको छ । अभावै अभावको जीवनले कोल्टो फेरेको छ । दुखद दिनका सुनौला किरणहरु पनि छरिरहेका छन् ।

3

डेन्टल क्लिनिक सञ्चालन गरेर नै घरका जेठो छोरा रतनकुमारले भाईलाई विडिएस पढाईरहेका छन् । उनी पढाई सक्ने तयारीमा रहेका छन् । माईलो भाई दिल्लीमा सप्ट ईन्जिनियर गरिरहेका छन् । ११ बर्षअघि विमला चौधरीसँग विवाह गरेका उनका १० बर्षीय छोरा छन् । अहिलेको अवस्थामा आईपुग्दा विगतमा गरेको दुःख र पिडालाई नै उनले अहिलेको सफलताको पाठ ठानेका छन् ।

1

उनी धनगढी आउँदा र अहिलेको अवस्था  उनी आकाश पातालको  फरक जस्तै लाग्छ । सुरुवातका दिनमा दाँतको उपचार थिएन् । परामर्शका लागि नै सकस थियो । सम्झाउन नै घण्टौं लाग्थ्यो । तर अहिले दाँतको उपचारका लागि आउनेहरु मानसिकता बनाएर आएका हुन्छन् । परामर्शको आवश्यकता छैन् । रतनकुमार सामाजिक काममा पनि संग्लन रहदै आएका छन् ।

1

लायन्स क्लबमा आबद्ध रहेका उनले दुईदेखि सामाजिक कामहरुमा पनि सहयोग गर्दै आएका छन् । छोराको जन्मदिनमा विभिन्न् संघ संस्थाहरुमा सहयोग तथा दान दिदैं आएका छन् । दुःखबाट उब्जिएर भाग्यले ठोकिदैं हिमालयन गौरीशंकर सञ्चालनमा ल्याएको उनको भोगाई छ ।

3

त्यह भोगाईले नै सफलतातिर डोर्याउँदा उनी एकदमै खुशी छन् । आठ जनाको परिवारलाई डेन्टल क्लिनिकबाट नै मज्जाले पालिरहेका छन् । त्यही भएर डेन्टल क्षेत्रमै केही गरौं भनेर अगाडी बढिरहेका छन् । लगानी थपिरहेका छन् । विशेषज्ञ सेवाहरु थपिरहेका छन् । 

3

२०३७ जनामा बझाङको छविस पाथेभरा गाउँपालिकामा जन्मिएका उनी १८ बर्षकै उमेरमा भारत हानिए । बुबा शंकर र आमा मथुरासँगै उपचारका लागि दिल्ली पुगेका उनी आठ बर्षसम्म दिल्लीमै विताए । बुबाको उपचार भएपछि अवस्था पनि नाजुक थियो । राम्रो उपचार गर्नका लागि पैसा पनि थिएन् ।

3

त्यहीवेला आमालाई हेरचाहमा राखेर उनी कामतिर लागे । हजुर बुबा रोजगारीका लागि उतै भारतमै थिए । हजुर बुबाले काम खोजी दिए । दिल्लीको आकाश ईन्सिच्युटमा काम पाए । त्यहाँबाट फुर्सदको समयमा गाडी धोए । दिनमा तीस चालिस गाडीहरु धुने गरेको उनलाई अझैसम्म स्मरण छ ।

6

आकाश ईन्सिच्युटमा काम गर्दागर्दै उनको परिचय मौलादा आजाद मेडिकल कलेजका सञ्चालकका छोरासँग भेट भयो । त्यही भेटपछि उनले मेडिकल कलेजमा पढाई पनि थाले ।

1

पढाईसँगै उनले दक्षिण दिल्लीमा रहेको अग्रवाल डेन्टल हस्पिटलमा काम थाले । त्यहाँको आठ बर्षको बसाईपछि उनका हजुर बुबाले नेपालमै फर्केर केही गर्न सुझाव दिए । त्यसपछि उनले धनगढी फर्केर हिमालयन गौरीशंकर डेन्टल क्लिनिक खोले । त्यही क्लिनिक सुरु गरेको डेढ दशकपछि अस्पतालको रुपमा अगाडी बढाउने योजनामा लागिरहेका छन् रतनकुमार एसके । 

5