धनगढी डाईग्नोस्टिक्समा स्वास्थ्य परिक्षणको सुविधा थपियो
2021/01/29, 12:46
 
ddc

धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टर धनगढीमा नयाँ जाँचहरुको सुविधा थप भएको छ । विगत चार बर्षदेखि धनगढीमा सुविधा सम्पन्न प्रयोगशाला दिईरहेको डिडिसीले नयाँ जाँचको सुविधा थप गरेको हो । 

साईटोलोजी, एफएनएसी (फाईन निडिल एस्पीरेसन साईटोलोजी), प्याप स्मीयर, पेरिफेरल ब्लड स्मीयर परिक्षणको सेवा थप गरेको धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मण जोशीले बताए । 

धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरमा थपिएको परिक्षणको सुविधा अन्तर्गत रक्त कोषीकाहरुको अवस्थाको बारेमा अध्ययन गरिने गरिन्छ । शरिरका गाठागुठीहरुको परिक्षण तथा शरिरका विभिन्न भागहरुमा क्यान्सर हुने नहुने अवस्था के छ भन्ने विषयमा थपिएको सेवाबाट अध्ययन हुने प्रबन्ध निर्देशक जोशीले बताए । 

2

विगत चार बर्षदेखि धनगढी वडा नम्बर ५ टिम्बर कर्पोरेशन नजिकै रहेको धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरले अधिकांश स्वास्थ्य परिक्षण सेवा दिदैं आएको छ । थाइराइड, सिकलसेल, हेपाटाइटिस लगायतका रोगको जाँच डिडिसीमा हुदैं आएको छ ।

प्रयोगशाला स्थापना भएदेखि नै विभिन्न रोगको परीक्षण एवम् जाँचको काम दिदैं आएको डिडिसीले अब स्थानीय रुपमै सबै स्वास्थ्य जाँचको सुविधा थप गर्दै गएको छ । 

2

यस क्षेत्रमा सुविधा सम्पन्न र अत्याधुनिक प्रयोगशाला नहुँदा बिरामीले भारत वा काठमाडौँ पुगेर स्वास्थ्य जाँच एवम् उपचार लिनुपर्ने अवस्था रहेकामा प्रयोगशाला स्थापनापछि यस क्षेत्रका बिरामीलाई ठूलो राहत हुदैं आएको छ ।