सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा २५ जना, बेड २४ वटा, निर्माण गरिएको कोरोना वार्ड सञ्चालनमा नआउँदा समस्या (भिडियो सहित)
2020/06/01, 8:06
 
korona

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा २५ जना पुगेका छन् । २४ वेड रहेको आईसोलेसनमा आज थपिएका १४ जना पनि आएपछि वेडको अभाव भएको हो । हाल सेतीमा ९ जना संक्रमित, दुई जना संकास्पद रहेकोमा आज मात्रै संक्रमण पुष्टि भएका १४ जनालाई पनि थपिएको हो । वेडभन्दा मानिस वढी भएपछि वेड अभाव भएको छ । 
कैलालीमा आज थपिएका १४ जना संक्रमितलाई पनि उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याईएको छ ।

आज संक्रमण पुष्टि भएका धनगढी उप–महानगरपालिका, गौरीगंगा नगरपालिका र बर्दगोरियाका उनीहरुलाई आईसोलेसनमा राखेर उपचार गर्न धनगढी ल्याईएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । अन्य अस्पतालमा पर्याप्त आईसोलेसन शैया नभएकाले धनगढी ल्याईएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले हस्तान्तरण गरेको कोरोना अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापन भएर सञ्चालन नहुँदा समस्या भएको छ । गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष, बर्दगोरीयाका २७ बर्षीय पुरुष रहेका छन । गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।