नवजीवन अस्पतालको १५ औं वार्षिकोत्सव 
2021/03/01, 10:11
 
hoppital

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ रातोपुल स्थित नवजीवन अस्पताल प्रा.लिले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारत ४६ जना विरामीलाई फलफुल वितरण गरिएको  छ । 

सोही अवसरमा अस्पतालमा कार्यरत १६ जाने कर्मचारीले रक्तदान समेत गरेका छन् । अस्पतालको बार्षिकोत्सवको अवसरमा अस्पतालमा उत्कृष्ट कार्य गर्ने ७ जाने कर्मचारीलाई प्रशंसा पत्रका साथै नगद पूरस्कार सहित सम्मान गरिएको छ । 

अस्पताल विगत १५ बर्षदेखि सुदूरपश्चिम प्रदेशका वासिन्दालाई विविध गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै अस्पतालले गएको बर्ष २०७६ फागुन १८ देखि २०७७ माघ मसान्तसम अस्पतालमा ३ हजार ५५ जनालाई ईमरजेन्सी सेवा, १८ हजार ५ सय ८७ जानलाई बहिरंग सेवा दिएको छ । त्यसैगरी तीन सय ७ जनालाई आईसियु सेवा प्रदान गरिएको छ । 

1

२०७७ पुसदेखि संचालित एन.आइ.सि.यु सेवा ४२ जनालाई, प्याथालोजी (ल्याब परिक्षण) सेवा १० हजार ७ जनालाई तथा भर्ना भएर ईन्डोर (अन्तरंग) मा १ हजार ९ सय २१ जनाले सेवा लिएका छन् । 

अस्पतालमा निःशुल्क सुत्केरी १ हजार ६ सय १६, निःशुल्क खोप सेवा ३ हजार १ सय ५८ जनालाई सेवा दिईएको छ । ५० शैयाको अस्पताललाई एक सय शैयामा स्तरोन्नति गर्नका लागि भौतिक पूर्वाधार समेत तयार पारिएको छ ।

अस्पतालमा निकट भविष्यमा हेमोडाईलासीस सेवा समेत संचालन गर्ने तयारी गरिरहेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकालले बताए ।