कैलालीका कोरोना संक्रमितलाई सेतीले फर्काएपछि महाकाली अस्पतालमा पठाईदै, पुर्नवासका संक्रमित पनि आईसोलेसनमा
2020/06/03, 2:12

कैलालीका कोरोना संक्रमितलाई सेतीले फर्काएपछि महाकाली अस्पतालमा पठाईने भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका कोरोना संक्रमितलाई महाकाली अस्पतालमा पठाइने भएको हो ।

सेती प्रादेशिक अस्पतालले शैया अभाव रहेको भन्दै भर्ना नगरेपछि महाकाली अस्पताल पठाउन लागिएको गौरीगंगा नगरपालिकाका मेयर भीमवहादुर देउवाले जानकारी दिए । गएराति सेती प्रादेशिक अस्पतालले संक्रमितलाई भर्ना नगरेपछि उनीहरुलाई मन्दिरको हलमा राखिएको छ ।
उता कञ्चनपुरको पुनर्वासका ६ जना संक्रमितलाई पनि महाकाली अस्पतालमै भर्ना गरिएको छ । अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठका अनुसार महाकाली अस्पतालको आईसोलेसनमा संक्रमितको सङख्या ८ पुगिसकेको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58