सुदूरपश्चिम प्रदेशभित्र १९६ खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारले विनियोजन गरेको तीन आर्थिक वर्षको बजेटबाट सम्पन्न ती आयोजनाबाट करिव १० हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको छ ।
भुमिगत सिँचाई र सतह सिँचाईतर्फ २६० वटा आयोजना मार्फत पक्की कुलो १८० किलोमिटर लामो, कच्ची कुलो मार्फत एक सय किलोमिटर र १४ वटा डिपट्युबेल निर्माण सम्पन्न गरी प्रदेश सरकार गठनको तीन वर्षको अवधिमा कुल ९ हजार ८९० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार भएको हो ।
प्रत्येक जिल्लामा कम्तीमा दुईवटाका दरले प्रदेशका नौवटै जिल्लामा नमुना लिप्ट सिँचाई आयोजनाका लागि अध्ययन एवं नक्सांकन भई निर्माण भइरहको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षदेखि क्रमागत योजनाको रुपमा सञ्चालन भई चालु आवभित्रै निर्माण सम्पन्न हुने गरी थप ५ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तारका लागि निर्माण कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयका सचिव गणेशप्रसाद भट्टले बताए ।
आगामी आर्थिक वर्ष २०७८÷८९ सम्म निर्माण सम्पन्न हुने गरी थप ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउन थप सिँचाई योजनाहरुको बहुबर्षीय ठेक्का सम्झौता गरिसकिएको छ, सचिव भट्टले जानकारी गराए ।
यसका अलवा प्रदेश सरकारले प्रदेश खानेपानी गुरुयोजना, प्रदेश सिँचाई गुरुयोजना तथा प्रदेश सरसफाई गुरुयोजना तयार गर्न अध्ययन प्रक्रिया समेत अघि बढाइसकेको छ । प्रदेश राजधानी तोकिएको क्षेत्र ९गोदावरी पुलदेखि ५ किलोमिटर तल्लो तटीय क्षेत्र० मा नदी नियन्त्रणका लागि विस्तृत संभाव्यता अध्ययनको काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल नदी नियन्त्रण, तटबन्ध र पहिरो नियन्त्रका लागि ४८ किलोमिटर लम्बाईमा संरक्षण गरी २२९ हेक्टर जमिनको उकास र कटान रोक्ने काम भएको जनाएको छ ।
गत आवदेखि निर्माण सुरु भएर चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ८५ किलोमिटर लम्बाईमा संरक्षणको काम सम्पन्न गरी थप ४०५ हेक्टर जमिन संरक्षण एवं कटान रोकिनुका साथै आगामी आव २०७८÷८९ मा सम्पन्न हुने क्रमागत आयोजनाहरुबाट समेत गरी थप एक सय किलोमिटर लम्बाईमा संरक्षणको काम सम्पन्न गरेर ४७७ हेक्टर क्षेत्रफल जमिन कटान हुनबाट रोकिने गरी ठेक्का सम्झौता गरिएको छ ।
अहिले कैलाली र कञ्चनपुरका कान्द्रा, कटैनी, बनरा, शिवगंगा, चौधर लगायतका विभिन्न नदीहरुमा नदी नियन्त्रणको काम भइरहेको मन्त्रालयले बताएको छ । प्रदेशभित्र खानेपानी तथा सरसफाई तर्फ १९६ वटा आयोजनाहरुको निर्माण सम्पन्न गरेर ४० हजार जनसंख्या यसबाट लाभान्वित भइसकेको सचिव भट्टले बताए ।
उनकाअनुसार हाल २५४ आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् । गत आर्थिक वर्षदेखि क्रमागत सञ्चालन भई चालु आवभित्रै सम्पन्न हुने खानेपानी आयोजनाबाट थप २० हजार जनसंख्या लाभान्वित हुने तथा बहुवर्षीय ठेक्का सम्झौता गरिएका र आगामी आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न हुने आयोजनाबाट १५ हजार जनसंख्यालाई खानेपानी सुविधा विस्तार हुने गरी काम भइरहेको बताइएको छ ।