धनगढी उप–महानगरपालिकामा घटना दर्ता शिविर सुरु
2021/04/15, 5:41
 
dartqdartann

धनगढी उप–महानगरपालिकाले घटनादर्ता गर्न छुटेकाहरुलाई समेट्ने उदेश्यले बिहीबार देखि घटना दर्ता अभियान अन्तरगत शिविरहरु संचालन गरेको छ ।
उप–महानगरपालिकाले अभियानको पहिलो दिन वडा नं १ को सरस्वती आधारभुत विद्यालय कटान, वडा नं २ को शारदा मा.वि. वैयावेहडी र वडा नं ३ को  जनता आधारभुत विद्यालय विशालनगरमा शिविर संचालन गरिएको छ ।

धनगढी उप–महानगरपालिका घटनादर्ता अभियानका संयोजक लेखनाथ ओझाले घटना दर्ता शिविरमा आएर पहिलो दिनमै दुई दर्जन भन्दा बढीले सेवा लिएको बताए ।

आज देखि सुरु भएको अभियान बैशाख १६ गतेसम्म चल्ने छ संयोजक ओझाले भने, शिविरमा निशुल्क घटना दर्ता भैरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सँगको समन्वयमा धनगढी उप–महानगरपालिकाबाट दर्ता अभियान संचालन शिविर संचालन भएको बताउदै ओझाले भने, ‘व्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुलाई आफ्नो पायक पर्ने दर्ता शिविरमा उपस्थित भई जन्म, मृत्यू, विवाह, सम्वन्ध विच्छेक र बसाईसराई जस्ता ब्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गर्न अनुरोध गर्दछौं ।’