धनगढीका २५ सहित ३१ जनामा कोरोना पुष्टि
2021/04/16, 2:01
 
corona

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना  पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ६६ नमूना परीक्षण गर्दा ३१  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार धनगढी उपमहानगरपालिकाका २५ जना,घोडाघोडी नगरपालिकाका दुई जना, चुरे गाँउपालिकाका  एक जना ,टिकापुर नगरपालिकाका एक जना, बडिकेदार गाँउपालिका डोटीका एक जना र भिमदत्तदत्त नगरपालिका कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

हाल अस्पतालमा १६ जना  संक्रमितको उपचाररत रहेको समेत अस्पतालले जनाएको छ ।