कैलालीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
2021/04/17, 1:52
 
Aaa

धनगढी । स्वास्थ्यका लागी खेलकुल, राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित धनगढीमा जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । 
धनगढी रङ्शालामा सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता जेठ १ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली जिल्ला फुटबल संघले जनाएको छ । फुटबल प्रतियोगितामा कैलाली जिल्लाका १७ ओटा फुटबल टिमको सहभागिता रहेको छ  । 

जिल्ला लिग फुटबल प्रतियोगिताका सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिब दिपक बहादुर सिँहले उट्घाटन गरेका हुन । उट्घाटन कार्यक्रममा बोल्दै खेलकुद परिषदका सदस्य सचिब सिँहले सुदुरपश्चिम प्रदेश फुटबल खेलको उर्वर क्षेत्र भएकाले यस्बाट राम्रा खेलाडीको उत्पादन हुने बताए । 
फुटबल खेलप्रती युवाहरुको आकर्षण बढ्ने र सुदुरपश्चिमको पहिचान राख्न जिल्ला लिग फुटबल प्रतियोगिताले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

यस्तै कैलाली जिल्ला फुटबल संग कैलाली उपाध्यक्ष अनिल मल्लले नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । कैलाली जिल्ला फुटबल संघमा आबद्ध भएका १७ ओटा टिमाको सहभागिता रहने उनको भनाइ छ ।

केन्द्रीय अखिल नेपाल फुटबल संगको बार्षिक निती तथा कार्यक्रम अनुसार आयोजना गरिएको  प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला फुटबल संग कैलाली उपाध्यक्ष मल्लले बताए । 

जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरर्गत पहिलो उद्घाटन खेल स्टार सिटी युथ क्लब र धनगढी युवा क्लब विच भएकोमा खेलमा स्टार सिटी १ गोलले विजय भएको छ । खेलमा धनगढी युवा क्लबको २ गोल र स्टार सिटीको ३ गोल भएको थियो ।