धनगढीको नेतुवा ताललाई वाटरपार्क बनाउने योजना तयार 
2021/04/22, 5:08
 
nn

धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको नेतुवाताललाई वाटरपार्क बनाउनका लागि बिस्तृत योजना तयार गरिएको छ । धनगढी उप–महानगरपालिकाले तयार गरेको नेतुवाताल बाटर पार्कको बिस्तृत योजना माथी सुझाव संकलन गरेको हो । नेतुवा ताल ६४ कठ्ठामा रहेको छ । नेतुवाताल बाटर पार्क निर्माणका लागि २० करोडको लागत लाग्ने बिस्तृत योजनामा उल्लेख गरिएको छ । तालको एकातर्फ २ मिटरको फुटपाथ र अर्कोतर्फ ६ मिटरको सडक तयार गरिने योजना रहेको छ ।

नेतुवाताल वाटरपार्कमा बगैचा, मन्दिर, सभाहल निर्माण गरिने छ धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘ ३ मिटर गहिराईमा रहने तालमा बोटिङ्ग समेत चलाउन सकिने छ । नेतुवाल तालमा धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको बर्षातको पानी झार्ने तथा त्यहाँको पनि मोहना नदीमा फाल्ने गुरु योजना तयार गरिएको नगरप्रमुख वडले बताए । नेतुवाताल पाटरपार्क योजना नगरको प्राथमिकताको योजना रहेको पनि नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नेतुवातालको ब्यबस्थापन भएमा वडा नं ३ मा हाल भैरहेको डुवान घटाउन सकिने बताईन । उनले भनिन्, ‘ बिस्तृत योजना अनुसार चाँडै काम सुरु हुन्छ ।’
धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर डिजराज भट्टले केहि दिन भित्रै बिस्तृत योजना अन्तरगत टेन्डर निकाल्ने तयारीमा उप–महानगरपालिका रहेको बताए ।