धनगढी उपमहानगरपालिकाले बार अनुसार सेवा दिने
2021/04/23, 12:32
 
aa

कोभिड–१९ को जोखिम बढेपछि धनगढी उप–महानगरपालिकाले भिन्न वडाका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ । धनगढी उप–महानगरपालिकाले बार अनुसारको सेवा बैशाख १२ गते देखि लागु हुने बताईएको छ । अति आवश्यक सेवाका लागि भने बार पर्खिनु नपर्ने नगरप्रमुख नृपबहादुर वडले बताए । कोरोना जोखिमका कारण उप–महानगरपालिका कार्यालयमा हुने भिडभाड घटाउन बार अनुसारको सेवा लिने ब्यबस्था मिलाईएको हो नगरप्रमुख वडले भने, ‘ वडाहरुमा सेवा नियमित दिईने छ ।’ 

धनगढी उपमहानगरपालिका वडा नं १४, १८, र १९ का सेवाग्राहीका लागि आईतबार तोकिएको छ । त्यसैगरी १२, १५, १६, १७ को सोमबार, १, २, ८ को मंगलबार, ७, ९, १० र १३ को बुधवार, ५, ६, ११ को बिहीबार र ३, ४ नम्बर वडाको शुक्रवार सेवा लिने पालो निर्धारण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाबाट बार अनुसार प्रवाह हुने सेवाका बारेमा नगरवासीलाई जानकारी दिन र सोही अनुसारको ब्यबस्था मिलाउन कर्मचारीहरुलाई निर्देशन दिईएको छ ।