कैलालीको टीकापुर अस्पतालबाट ५ जना कोरोना जितेर फर्किए 
2020/06/05, 4:01
 
korona

कैलालीको टीकापुर अस्पतालबाट ५ जना कोरोना जितरे घर फर्किएका छन् । कैलालीको जानकी गाउँपालिकाका दुई वडाका ५ जना कोरोना जितेर घर फर्किएका हुन् । कोरोना जितेर घर फर्किनेमा सबै जानकी गाउँपालिकाका बासिन्दा हुन ।

उनीहरु वडा नं. ३ का २१ वर्षका जीवन चौधरी, वडा नं. ३ कै ३८ वर्षका लोकनाथ भण्डारी, वडा नं. ४ का राम कठरीया, वडा नं. ४ कै ३० वर्षका नाथुराम रावत र वडा नं. ७ का क्षेत्री रहेका छन । उनीहरुमध्ये चौधरी नेपालगञ्जबाट र क्षेत्री इटहरीबाट फर्किएका हुन । अन्य सबै भारतबाट फर्केका हुन् । 

दुर्गौली स्थित सरस्वती माविमा रहेको क्वारेन्टाइनमा गरिएको स्वाब परिक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण देखिएको थियो । क्वारेन्टाईनमा गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई विभिन्न मितिमा अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले उनीहरु सबैको पहिलो पटक जेठ १७ गते र जेठ २१ गते पुनः स्वाब परिक्षण गरेको थियो । उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले जानकारी दिए ।