धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न ब्रह्ममाकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा १ लाख ३२ हजार सहयोग
2021/05/18, 2:50
 
bb

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न ब्रह्ममा कुमारी ईश्वरीय विश्वबिद्यालय क्षेत्रिय कार्यालय धनगढीले आर्थिक सहयोग गरेको छन् । मेयर कल्याणकारी कोषमा विश्वविद्यालयले एक लाख ३२ हजार सात सय ७० रकम जम्मा गरेको हो । 
धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ थियो ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।