धनगढीको कोरोना अस्पतालमा रोयल कोल्याबोरेटिभ्सद्धारा निःशुल्क खाना वितरण
2021/05/19, 2:21
 
khana

धनगढीमा रोयल कोल्याबोरेटिभ्सले कोरोना अस्पतालमा निःशुल्क खाना वितरण गरेको छ । कोरोना महामारीकाबीच अस्पतालमा कोरोना संक्रमित बिरामीका कुरुवाहरुका लागि खाना अभाव भएको थाहा भएलगत्तै रोयल कोल्याबोरेटिभ्सले निःशुल्क खाना वितरण गर्न सूरु गरेको हो ।

a

धनगढीको अस्थाई कोरोना अस्पताल र सेती प्रादेशिक अस्पतालको कोरोना संक्रमितको आईसियु वार्डमा रहेका बिरामीका कुरुवाहरुलाई खाना वितरण गरेको संस्थाका अध्यक्ष गजेन्द्र शाहीले बताए । उनले भने, यो परिस्थितिमा खानामा पनि कालोबजारी गर्दै केही व्यवसायीहरुले चर्को मुल्य लिने गरेको भन्ने सुचना पाएर आजबाट यो अभियान सूरु गरेका हौँ ।

c

उनले थपे, बिरामीका कुरुवाहरुलाई हामीले उपलब्ध गराएको खाना पुर्ण रुपमा स्वस्थकर छ ।  रोयल कोल्याबोरेटिभ्सले यसभन्दा अगाडी कोरोना माहामारीले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक एम्बुलेन्स सेवा लगाएतका अभियानहरु संचालन गर्दै आएको छ ।