धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न वडा अध्यक्ष बरालद्धारा २५ हजार बढी सहयोग
2021/05/19, 2:52
 
baral

चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिका को साझेदारिमा मा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर का लागि मेयर कल्याणकारी कोष मा धनगढी उपमहानगरपालिका का वडा नं ८ का अध्यक्ष बरालले रु २५,५२५ रकम सहयोग गरेका छन् । 

महानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा अध्यक्ष बराले उक्त रकम जम्मा गरेका हुन् । पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा ब्यक्तिगत रुपमा आर्थिक सहयोग उठ्ने क्रम जारी छ ।

धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।