धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न शिवपुरीधाम कार्यसमितिवाट एक लाख बढी सहयोग
2021/05/19, 2:59
 
shivpuri dham

धनगढीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरकालागि मेयर कल्याणकारी कोषमा शिवपुरी उत्तररामेराश्व ज्योतिलिङ्ग धाम कार्यसमिति परिवारवाट आर्थिक सहयोग गरिएको छ ।  मेयर कल्याणकारी कोषमा शिवपुरी उत्तररामेराश्व ज्योतिलिङ्ग धाम कार्यसमिति परिवारवाट रु १ लाख १ हजार आर्थिक सहयोग आर्थिक सहयोग गरिएको हो।

अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरको लागि मेयर कल्याणकारी कोषमा शिवपुरी उत्तररामेराश्व ज्योतिलिङ्ग धाम कार्यसमिति परिवारलाई आर्थिक सहयोग गरेकोमा मेयर वडले धन्यवाद ब्यक्त गरे। साथै धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।