धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न मेयर कल्याणकारी कोषमा ८४ लाख रकम संकलन (दाताको नामावली सहित)
2021/05/20, 10:39
 
dhn

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि झण्डै ८४ लाख रकम संकलन भएको छ । धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा बुधबार साँझसम्म झण्डै ८४ लाख रकम संकलन भएको मेयर नेृपवहादुर ओडले जानकारी दिए ।  

धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि गत वैशाख ३० गते मेयर कल्याणकारी कोष स्थापनाको निर्णय गरेको थियो । सो निर्णय पश्चात बुधबार साँझसम्म ५८ वटा दाताले सहयोग गरेका छन् । त्यसमा कतिपय व्यक्तीगत, कतिपय संस्थागत र कतिपय सामुहिक रुपमा संकलन गरिएको रकम सहयोग गरिएको छ । सबैजनाले गरेको सहयोग रकम ८३ लाख ८३ हजार एक सय १६ रुपैयाँ पुगेको मेयर ओडले बताए । 

कोषमा सबैभन्दा बढी रकम धनगढी उपमहानगरपालिका तथा धनगढीका व्यवसायी सन्जयकुमार चौधरीले २०÷२० लाख सहयोग भएको छ । त्यस्तै काग्रेंस नेतृ डाक्टर आरजु राणा देउवाले १० लाख रकम सहयोग गरेकी छिन् । बढी रकम सहयोग गर्नेमा सुदुरपश्चिम प्रादेशिक फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले ५ लाख रकम सहयोग गरेका छन् भने धनगढी उपमहानगरपालिका कर्मचारी तथा जनप्रतिनिधिहरुले तीन लाख ५० हजार ८ सय ९३ रुपैयाँ कोषमा सहयोग गरेका छन् ।

त्यसैगरी अक्सिजन प्लान्ट स्थापनाका लागि ५ हजारदेखि डेढ लाख रकम भने धेरै व्यक्ती, संस्था र सामुहिक रुपमा सहयोग गरिएको छ । पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा व्यक्तीगत रुपमा आर्थिक सहयोग उठ्ने क्रम जारी छ ।

धनगढी उपमहानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छ ।

दाताको नामावलीः

1

23