धनगढीले थाल्यो वडामै कोरोना परीक्षण र घरमै औषधी वितरण
2021/05/24, 7:13
 
corona

धनगढी उपमहानगरपालिकाले टाढाका वडामा नै पुगेर कोरना परीक्षण गर्न सुरु गरेको छ । त्यसैगरी कोरोना पोजेटिभ देखिएकालाई घरमै औषधी समेत वितरण गर्न थालेको छ । सोमबार देखि टाढाका वडामा नै पुगेर लक्षण देखिएकाहरुको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्न थालिएको उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षण लक्ष्मीराज उपाध्यायले बताए । खास गरेर धनगढी उपमहानगरपालिकाले सचालन गरेको स्वाव परीक्षण केन्द्रसम्म पुग्न समस्या भएका वडामा टोलमै पुगेर कोरोना परीक्षण सुरु गरेका हौ, स्वास्थ्य निरीक्षण उपाध्यायले भने, त्यही औषधी र स्वास्थ्य सम्वन्धी जनचेतना समेत दिने गरेको छौ ।

गत बर्ष पनि धनगढी उपमहानगरपालिकाले टोलमै पुगेर कोरोना परीक्षण गरेको थियो स्वास्थ्य निरीक्षण उपाध्यायले भने, अहिले टाढाका वडामा मात्रै त्यही पुगेर कोरोना परीक्षण गर्ने काम थालेका छौं । जस अन्तरगत सोमबार वडा नम्बर १७ मा एन्टिजेन मार्फत कोरोना परीक्षण गरेको उपाध्यायले बताए  ।  वडा नम्बर १७ मा ज्वरो आएर घरमै बसेका २३ जनालाई परीक्षण गर्दा ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ स्वास्थ्य निरीक्षण उपाध्यायले भने , कोरोना र अन्य ज्वरो आएका बिरामीलाई घरमै औषधीका साथै स्वास्थ्य शिक्षा समेत दिईएका छौ  ।

वडा नम्बर १९ मा पनि कोरोना परीक्षणको तयारी भैरहेको बताईएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नै स्वाव सकलन केन्द्र स्थापना गरेर गत बर्ष देखि नै कोरोनाको स्वाव सकलन गर्दै आईरहेको पनि छ ।