प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध
2021/06/23, 4:09

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो।

सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै काँग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए । अर्को बैठक असार ११ गते दिउसो २ बजे आह्वान गरिएको छ ।
गैरकानुनी तरिकाले बजेट ल्याईएको कांग्रेसको ठहर छ। प्रदेश सरकारले बार्षिक बजेट कार्यक्रम ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको अध्यादेश विपरित बजेट लयाएको कांग्रेसका प्रदेश सभा सदस्य गोविन्द बोहराले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49