दाइजो पाएको सम्पतिको पोकोको रुपमा रातो किताब ल्याइएको भन्दै राजपाका चौधरीले गरे किताब फिर्ता
2021/06/28, 9:44

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले रातो किताब फिर्ता गरेका छन्।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर चौधरीले बजेट कार्यक्रममा जनताको हितमा कुनै कार्यक्रम नभएको र आफूले भनेका कार्यक्रम पनि नसमेटिएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टको आसन नजिक पुगेर रातो किताब फिर्ता गरेका हुन्।
उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘‘सुदूरपश्चिम प्रदेशको कुनै एउटा जमिदारको, सात भाइको, निजी सम्पति, पुख्र्यौली सम्पति, दाइजो पाएको सम्पति भएको पोकोको रुपमा रातो किताब ल्याइएको छ।’’

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49