
नेकपा एमाले एकताको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ९ बजेदेखि ओली र रावलबीच करिव डेढ घण्टा कुराकानी भएको हो ।

वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावल मार्फत् सहमतिको प्रयास गरेका हुन् । ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्ष २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । तर हस्ताक्षर फिर्ता नहुने नेपाल पक्षले जनाइसकेको छ ।
ओलीले भने हस्ताक्षर फिर्ता गर्दै एमालेमै रहन वा एमाले छाडेर गठबन्धन रोज्न नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02