
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । सुदूरपश्चिमको अछाम जिल्लाबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका हुन् ।

रावलनिकट स्रोतले भन्यो, ‘माधव नेपाल र केपी शर्मा ओलीबीचको विवाद समाधानका लागि बनाइएको कार्यदल र त्यसले जारी गरेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्नुभएको थियो । तर, त्यसविपरीत मत दिने निर्णय गरियो । एमाले पार्टीको नेता भएकाले पार्टीले गरेको संस्थागत निर्णय मान्नुपर्ने हुन्छ । त्यसैले यो अनैतिक राजनीतिक खेलमा सहभागी नहुने मनसायका साथ उहाँले राजीनामा दिनुभएको हो ।’
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल समूहबाट संयोजक थिए । पार्टी एकता कायमै राख्न उनको जोडबल थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39