लेखराज भट्टको निवासमा विप्लवसँग माओवादी परित्याग गरेका एमाले नेताहरुको भेटवार्ता
2021/07/18, 8:29

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो साता आफूलाई राजनीतिक भेटवार्तामा सक्रिय बनाएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिनदेखि उनले आफूलाई सक्रिय बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगबाट सुरु भएको भेटवार्ता माधव नेपाल, बाबुराम भट्टराई, मोहन बैद्यपछि उनले माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका नेताहरुसँग पनि आज छलफल गरेका छन् । आज लेखराज भट्टको निवासमा पूर्व माओवादी नेताहरु गम्भीर छलफलमा जुटेका छन् ।
छलफलमा भट्टसहित नेताहरु टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभु साहसले विप्लवसँग छलफल गरेका हुन् । उक्त छलफलमा विप्लव कापी र कलमसहित केही टिपोट गरिरहेको देखिन्छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19