
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । १६५ मत पाएर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

नेकपा एमालेका माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले पनि उनलाई मत दिएका छन् । देउवालाई माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठले मत दिएका छन् ।
त्यसैगरी गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02