
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व वन मन्त्री प्रेम आलेले राम्रो काम गर्न नसकेको बातएका छन्। सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १०औँ बैठकलाई सम्बोधनका क्रममा उनले प्रेम आलेले काम नगरेकाले पदबाट हटाएको बताएका हुन। ‘प्रेम आलेलाई मन्त्री बनाएको थिएँ तर उनले राम्रो काम गर्न नसकेपछि मन्त्रीबाट हटाएँ’ उनले भने।

ओलीले अब आले मन्त्री पदको लोभमा कांग्रेसको पक्षमा उभिएको दाबी समेत गरेका छन्। ‘मन्त्रीबाट हटाएपछि उनी फेरि मन्त्रीको लोभमा कांग्रेसलाई समर्थन गर्न गएका हुन्’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02