नारदमुनीले प्रेम आलेलाई इङ्गित गर्दै भने, ‘लोभीपापीले केपी ओलीको साथ छाडेका हुन्’
2021/07/23, 10:48

पूर्वमन्त्री नारदमुनी रानाले लोभीपापीले मात्रै केपी शर्मा ओलीको साथ छाडेको बताएका छन्। अन्तीम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु लोभीपापी भएको उनको धारणा छ। सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका संघीय सांसदले केपी शर्मा ओलीको साथ छोड्नुको कारण के हो ? भन्ने भन्ने प्रश्नमा रानाले भने, ‘ प्रेम आलेबाहेक कुनै पनि सांसदले केपी शर्मा ओलीको साथ छाडेका छैनन्।

हिजो जो जहाँ थिए सोही ठाउँमा छन्। लोभीपापीले मात्रै केपी ओलीको साथ छाडेका हुन्।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथमा रहेका सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44