
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले माधवकुमार नेपाल समूहले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा लाग्न आग्रह गरेका छन्। उनले केपी शर्मा ओलीको अतिवादविरुद्ध उभिएर नयाँ पार्टीमा लाग्न आग्रह गरेका हुन्।

कैलालीको सुखड र मसुरियामा आयोजित कार्यक्रममा आफूँ माधव समूहको नयाँ पार्टीमा रहेको खुलासा गर्दै मन्त्री सोडारीले भने, ‘ओलीको अतिवादविरुद्ध भए पनि हामीले नयाँ पार्टीमा लाग्न जरुरी छ।’
कार्यक्रममा प्रदेश सदस्य अमर साउद र बलबहादुर सोडारी, घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापा लगायतको सहभागिता रहेको थियो। सोडारी माधव समूहको नयाँ पार्टीमा खुले पनि अधिकांश प्रदेश सांसद भने अझै अलमलमा छन्। सुदूरपश्चिममा विगतदेखि नै अधिकांश सांसद माधव समूहमा थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02