
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजनको असर जिल्लाहरुमा पनि पनि देखा परेको छ। माधव कुमार नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेपछि जिल्ला स्तरका नेुताहरु नेता, कार्यकर्ता आ–आफ्नो ‘कित्ता क्लियर गर्न’ छलफलमा जुटेका छन्।

सुदूरपश्चिमका एमाले नेताहरुले एमालेमै रहने वा नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भनेर छलफललाई तीव्रता दिएका हुन्। यस्तै बैतडीमा माधव कुमार नेपाल कमजोर देखिएका छन्। एमालेका अध्यक्ष सुरेन्द्र पाल र सचिव लिलाधर भट्ट दुवै जना एमालेमै छन्। यी दुवै जना ओली निकट हुन्।
बैतडीमा आफ्नो पकड रहेको बताउदै जिल्ला कमिटीमा आफूहरुको बाहुल्यता रहेको एक नेताले बताए। '७३ जनाको जिल्ला कमिटीमा ७/८ जना बाहेक अरु सबै एमालेमै छौँ।’ उनले भने, ‘७/८ जना मात्रै विभाजनमा जानु भएको छ।’

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02