
नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधि पनि खुल्न थालेका छन । मंगलबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित तीन जनाले नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेका हुन् ।

प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यलयमा पुगेर अध्यक्ष बुढामगरले नेकपा (एस) मा सनाखत गरेकी हुन । यस्तै दुई जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जनाएको छ ।
यस अघि सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02