नेकपा एकीकृत समाजवादी मुख्यमन्त्री भट्टलाई निरन्तरता दिने पक्षमा
2021/09/15, 10:48
 
dd

नेकपा एमालेबाट बिभाजनपछि सुदूर पश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी मुख्यमन्त्री त्रिलोचन भट्टलाई निरन्तरता दिने पक्षमा देखिएको छ । पार्टी बिभाजनअघि मुख्यमन्त्री भट्टलाई फेर्नु पर्ने बताउदै आएका समाजवादी पार्टीमा सम्मिलित सांसदहरु नै नयाँ पार्टी गठन गरेपछि भने मुख्यमन्त्री भट्टलाई निरन्तरता दिने पक्षमा देखिएका हुन् ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मुख्यमन्त्री भट्टलाई फेर्ने पक्षमा आफूहरु नरहेको बताईन । उनले नेपाली काँग्रेसलाई सरकारमा सहभागी गर्ने विषयमा पनि आफूहरुबीच छलफल नभएको बताईन । पार्टी दर्ताका क्रममा सुदूर पश्चिमको मुख्यमन्त्री पद आफ्नो पार्टीले पाउनु पर्ने बताएका समाजवादीका नेताहरुले यतिबेला मुख्यमन्त्री पदमा दावी समेत गर्न छोडेका छन् ।समाजवादीका पार्टीका तर्फबाट दीर्घ सोडारीले मुख्यमन्त्रीमा दावी गरेका थिए । उनलाई मंगलवार समाजवादी पार्टीले संसदीय नेता चयन गरेको छ ।

प्रदेश नम्बर १ र ३ मा समाजवादीको मुख्यमन्त्री बन्ने संभावना बढेपछि उनीहरुले सुदूरपश्चिममा मुख्यमन्त्री दावी गर्न छोडेको बताईन्छ । सोडारी सकभर आफु मुख्यमन्त्री बन्ने, आफू नभए मुख्यमन्त्री भट्टलाई नै निरन्तरता दिने पक्षमा पुगेको स्रोतले बतायो । काँग्रेसलाई मुख्यमन्त्री पद छोड्दा डा.रण बहादुर रावलले नेतृत्व गर्ने देखिन्छ, रावललाई चलाउन सकिदैन भन्ने समाजवादी नेताहरुको बझाई छ, स्रोतले भन्यो, मुख्यमन्त्री भट्टलाई आफू अनुकुल चलाउन सकिने भएकोले उनलाई नै मुख्यमन्त्री पदमा निरन्तरता दिने पक्षमा समाजवादीका नेताहरु पुगेका हुन् ।