प्रधानमन्त्री कपः बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई दियो ७६ रनको लक्ष्य
2021/12/18, 3:30

धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भयो ।

दोस्रो खेल अहिले बागती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ७६ रनको लक्ष्य दिएको छ । बागमतिले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनाएको छ ।
बागमतिका लागि हेलिशा गुरुगले २८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतिले १५ रन अतिरिक्त पायो । लुम्बिनीका लागि मधु डिसीले ३ र सुस्मिता भुषाले २ विकेट लिईन् । लुम्बिनीले अहिले जवाफी ब्याटिग गरिरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07