सुदूरपश्चिमका ओझाको ऐँठनलाई मदन पुरस्कार
2023/10/01, 2:28
 
ss

यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । आख्यानकार ओझा कैलालीको टीकापुरका स्थायी बासिन्दा हुन् । यस्तै, २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । ओझाको यसअघि ऐलानी नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् । दुवै पुरस्कारको राशि ४/ ४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपालु तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो । 

विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा  श्री पुरस्कारको स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्तिरसंस्थालाई जगदम्बा(श्री दिइँदै आइएको छ ।