सुदूरपश्चिमका तीन क्रिकेटरलाई प्रदेश सरकारले १६ लाख दिने
2023/11/13, 12:05
 
ss

सुदूरपश्चिमका तीन क्रिकेटरलाई प्रदेश सरकारले १६ लाख दिने भएको छ। सुदूरपश्चिम सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरूलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको हो।

नेपाललाई टी–२० विश्व कपमा पुर्‍याउनु सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँचरपाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको नछ।

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ।