धनगढीलाई मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोेगिताको उपाधि 
2023/12/07, 6:04
 
ss

धनगढी उपमहानगरपालिकाले कैलालीको मुडामा भएको प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्लाव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाईनल खेलमा घोडाघोडी नगरपालिकालाई १–० ले हराउँदै धनगढीले उपाधि जितेको हो ।

धनगढीको जितमा आशिष आचार्यले निर्णायक गोल गरे । उनले दोस्रो हाफको १९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । 
प्रतियोगिताको विजेता भएसँगै धनगढी उपमहानगरपालिकाले नगद २ लाख १ हजार सहित ट्रफी प्राप्त गरेको छ । उपविजेता भएको घोडाघोडी नगरपालिकाले नगद १ लाख ५ हजार सहित ट्रफी पाएको छ । 

धनगढीका रामसिंह राना प्रतियोगिताको सर्वोकृष्ट खेलाडी भए । उनले नगद २० हजार पाए । यस्तै लम्कीका शिशिर केसी सर्वाधिक गोलकर्ता, धनगढीका अमानत सेख उत्कृष्ट गोलरक्षक, घोडाघोडीका प्रदीप बम उत्कष्ट रक्षक र बर्दगोरीयाका भरत खड्का उदयमान खेलाडी भए । उनीहरुले जनही १५ हजार प्राप्त गरे । 

विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको आयोजना बर्दगोरीया स्पोर्टस एण्ड ईभेन्ट्सले गरेको हो ।