सेती प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि
2021/06/16, 3:18
 
lll

धनगढीः बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ८७ जनाको नमुना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् भने थप ४ जना नयाँ संक्रमित भर्ना भएका छन् । हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन् । जसमध्ये ११ जना संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।