धनगढीमा उपमेयर सुरक्षित मातृत्व कार्यक्रम सुरु 
2021/12/28, 4:04
 
dd

कैलालीको धनगढी उपमहानगरपालिकामा उपमेयर सुरक्षित मातृत्व कार्यक्रम  सुरु गरिएको छ ।  कार्यक्रम अन्तरगत  आमा तथा  नवजात शिशुका लागि सुरक्षा सामाग्री किट हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका अन्तरगत रहेका तीन ओटा बर्थिङ सेन्टरहरुमा शिशुका लागि सुरक्षा सामाग्री किट हस्तान्तरण गरिएको हो ।उपमहानगरपालिका अन्तरगत रहेका फूलवारी स्वास्थ्य चौकी, बेली स्वास्थ्य प्रर्वद्धन केन्द्र र उर्मा स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरमा धनगढी उपमहानगरपालिकाकी उपमेयर शुशिला मिश्र भट्टले ती सामग्री हस्तान्तरण गरेकीछिन् ।

आमा र जवजात शिशुको स्वास्थ्य अवस्थामा सुधार गर्ने उद्देश्यले उपमेयर सुरक्षित मातृत्व कार्यक्रम  सुरु गरिएको उममेयर भट्टले बताईन् ।  बर्थिङ सेन्टरमा जम्मेका नबजात शिशु र आमाहरु स्वास्थ राख्न र पोषणको कमी हुन नदिन कार्यक्रमले फाईदा पुग्ने बिश्वास उपमेयर भट्टको रहेको छ । 

उपमहानगरपालिका क्षेत्र भित्र रहेका  बर्थिङ सेन्टरमा  गर्ववती सेवा लिईएकाहरुका लागि पुस १३ गते अर्थात मंगलबारदेखि कार्यक्रम सुरु गरिएको  धनगढी उपमहानगरपािलकाका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उपमहानगरपालिकामा उपमेयर सुरक्षित मातृत्व कार्यक्रमले निरन्तरता पाउने बताउदै स्वास्थ्य शाखाका अधिकृत उपाध्यायले सम्बतः यो कार्यक्रम देशकै पहिलो र नमुना कार्यक्रम रहेको बताए ।  

आमा तथा  नवजात शिशुका लागि सुरक्षा सामाग्री किट अन्तरगत नुहाउने साबुन १० थान, नबजात  शिशुकोलागि ब्लान्केट १ थान, आमाको लागि पेन्टी २ थान,आमाको लागि सल १ थान, नेलकटर १ थान, तेल १ बोतल, सेम्पु १ बोतल ,  काजु १ पाकेट लागाएका समाग्री हस्तान्तरण गरिएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले   जानएको छ ।