धनगढीमा फागुन १३ र १४ गते क्यानकाे साधारण सभा हुने, यस्ता छन् एजेन्डा
2022/02/04, 3:09
नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक साधारण सभाकाे मिति ताेकेकाे छ । क्यानले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो फागुन १३ र १४ गते धनगढीको एक होटलमा आयोजना हुने जानकारी दिएको हो ।
सार्वजनिक सूचनामा वार्षिक साधारण सभाका एजेन्डाबारे पनि बताइएको छ । साधारण सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुत्ति, सन् २०२२ को कार्यक्रम र बजेटबारे केन्द्रित हुने क्यानले जनाएको छ ।
यस्तै क्यानको आर्थिक नियमावली र कार्यविधिका साथै नयाँ जिल्ला सङ्घहरूलाई मान्यता दिने र केन्द्रीय समितिमा खाली पदहरूको पदपूर्ति सम्बन्धमा साधारण सभा केन्द्रित हुनेछ ।
कोराना सङ्क्रमणका कारण यस मितिमा भौतिक उपस्थिति हुन नसक्ने अवस्था भए भर्चअल माध्यमबाट भए पनि साधारण सभा आयोजना गरिने सूचनामा उल्लेख छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34