धनगढी मेयर एलपीएल-६ को ट्रफी सार्वजनिक, सम्पुर्ण तयारी पूरा
2022/02/13, 4:10
 
dd

धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग एलपीएल-६ को ट्रफी सार्वजनिक गरिएको छ । धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले एलपिएल-६ ट्रफीको सार्वजनिक गरेका छन । ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई क्रीकेटको शहरको रुपमा परिचीत गराउने उपमहानगरपालिकाको उदेश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको बताए । उनले प्रतियोगिताको सफलतको समेत शुभकामना ब्यक्त गरे । 

फागुन २ गतेदेखि १४ गतेसम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल-६ को सम्पुर्ण तयारी समेत पूरा भएको आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्याकारी निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।  अण्डर १९ टि-२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी १० विद्यालय टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ ।

जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् । यस्तै भोलिहुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्

काठमाडौ, कंचनपुर र कैलालीका १० विद्यालयको सहभागीता रहने प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछ ।