धनगढी मेयर एलपिएल–६ः एभरेस्ट एकेडेमीको सान्दार जित
2022/02/15, 12:24
 
dd

धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालय स्तरीय टि–ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा होलील्याण्ड इंगलिस स्कुल अत्तरिया  र एभरेस्ट एकेडेमी, अत्तरिया बिच भएको  खेलमा एभरेस्ट एकेडेमी अत्तरीया बिजयी भएको छ ।  

धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षेतीमा भेटायो। एभरेस्टको ब्याटिंगमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए जुन क्रममा २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दिप बिस्टले १२ रन बनाए । 

यस अघि टस जितेर ब्याटिंग गरेको होलिल्याण्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। होलिल्याण्डको लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन योगदान दिए ।  एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ३ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए। यस्तै गोविन्द बिस्टले दुई तथा दिपक रोकायाले एक विकेट लिए। 

खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृष ऐर घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।